सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई औपचारिक छलफलका लागि बोलाएकी छन्। मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ) मा छलफल तय गरिएको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई पत्र पठाउँदै सो बैठकका लागि बोलाएका हुन्।
यसअघि प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गर्दै मागहरूबारे चर्चा गरेका थिए। प्रधानमन्त्रीसँगको छलफलले आन्दोलनका माग तथा सरकार–नागरिकबीचको संवादलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा