सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रन जोडेको हो ।
। दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । एक खेल खेलेको जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंककासाथ सातौ स्थानमा छ ।
आजै हुने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा