• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हाँसो र सौहार्दले भरिएको रास्वपा महाधिवेशन परिसर

      फिफा विश्वकप : कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश 

      रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

      मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पूरा

      फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

      फिफा विश्वकप : क्रोएसियासँग पानामा १-० ले पराजित 

      भरतपुरमा रास्वपाको महाधिवेशन जारी, केन्द्रीय सदस्यका उम्मेदवारहरू मत माग्दै 

      रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

      सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

      आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस तस्विरहरु

      रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

      क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

      रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

      नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

    होमपेज /  मुख्य समाचार

    जेनजी मधेसले भन्यो– ‘एमालेले मधेसको शान्ति सुरक्षामै खलल पुर्‍यायो’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर ३, बुधबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • १७० पटक पढिएको
  • बारा । सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू लगाउने स्थितिसम्म पुग्नुपर्ने अवस्था सिर्जना हुनुमा नेकपा एमाले नै जिम्मेवार भएको जेन–जी मधेस प्रदेश संयोजक शिव यादवले दाबी गरेका छन्। उनले जेनजी बारा समितिले कुनै पनि रूपमा एमालेको परवानीपुरस्थित कार्यक्रममा अवरोध नगरेको स्पष्ट गर्दै गलत सूचना प्रवाह गरेर आन्दोलनलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए।

    यादवका अनुसार आज (बुधबार) सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम चलिरहेको अवस्थामा एमाले कार्यकर्ता परिचालित भएर जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका सदस्यमाथि कुटपिट गरिएको थियो।

    उनले भने— “एमालेको कार्यक्रम परवानीपुरमा थियो। तर कार्यकर्ता सिमरामा आएर जेनजी साथीहरूको अपमान, दुर्व्यवहार र कुटपिट गरे। यो तथ्य हो र स्पष्ट छ।”

    उनले हाल बाहिर आएका धेरै सूचनाहरू जेनजी आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले प्रसारित गरिएको दाबी गर्दै त्यसो नहोस् भनेर आग्रह गरे।

    यादवले सिमरामा तनाव बढाउन जिम्मेवार व्यक्तिमध्ये एमाले नेता महेश बस्नेतलाई मुख्य योजनाकारका रूपमा आरोप लगाउँदै भने— “आजको घटनाका योजनाकार महेश बस्नेतलाई मधेस निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु।”

    उनले घटनामा संलग्न सबै एमाले कार्यकर्तालाई तत्काल पक्राउ गरी कानुनी कारबाही थाल्न सरकार र सुरक्षा निकायसमक्ष जोडदार माग गरेका छन्।

    “मधेसमा एमालेका गतिविधिले शान्ति–सुरक्षामा खलल”

    यादवले हालैका दिनमा मधेसमा एमाले कार्यकर्ताहरू निरन्तर उक्साहटपूर्ण गतिविधि गर्दै आएको आरोप लगाउँदै भने— “एमालेका गतिविधिले मधेसको शान्ति–सुरक्षा नै खल्बल्याएको छ। राज्य र राज्यका संयन्त्रले यस विषयमा संवेदनशीलता अपनाई कडा कदम चाल्नुपर्छ।”

    यादवले भनेका छन्:

    जेनजी बारा समितिले नेकपा एमालेको कार्यक्रममा कुनै प्रकारको अवरोध गरेको होइन । खासमा सिमरा चोकमै आज जेनजीको कार्यक्रम थियो । यो कार्यक्रममा एमालेद्वारा नै परिचालित गुन्डा समूहहरू पसेर बारा संयोजक सम्राट उपाध्यायलगायतका जेनजी साथीहरूलाई कुटपिट गरेका हुन् ।
    एमालेको कार्यक्रम परवानीपुरमा थियो । तर, एमालेका गुन्डाहरू सिमरामा आएर जेनजी साथीहरूको अपमान गर्ने, दुर्ववहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै पनि कतिपयले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका छन्, जुन अत्यन्त भ्रामक, पूर्वाग्रही र आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयास हो ।
    म सबै मिडियाकर्मीसहित सम्बद्ध पक्षहरूलाई यस्ता गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गर्दछु ।
    यो घटना घटाउने कार्यमा संलग्न एमालेका गुन्डाहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ । आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेश निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु ।
    मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पुर्‍याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु ।
    शिव यादव
    (जेन्जि मधेश प्रदेश संयोजक)

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हाँसो र सौहार्दले भरिएको रास्वपा महाधिवेशन परिसर

    फिफा विश्वकप : कंगोलाई १-० ले पराजित गर्दै…

    रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी

    मोड्रिचले बनाए ऐतिहासिक कीर्तिमान, अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑