सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धाप ड्याम नेपालको बागमती प्रदेशमा अवस्थित एक कङ्क्रिट फेस्ड रकफिल ड्याम हो। यो ड्याम २४ मिटर अग्लो र १७५ मिटर चौडा छ। यो ड्याम पूर्ण रूपले भरिएको बेला यसले ८,५०,००० घनमिटर पानी भण्डारण गर्न सक्छ। यो ड्याम नेपाल सरकार अन्तर्गत बागमती नदी बेसिन सुधार परियोजनाको स्वामित्वमा छ।
ड्यामको मुख्य उद्देश्य बागमती नदीमा पानीको गुणस्तर सुधार र उच्च पानीको बहावलाई सुरक्षा प्रदान गर्नु हो। सुख्खा मौसममा बागमती नदीमा पानीको बहावलाई निरन्तरता दिनको लागि समेत यस ड्याम द्वारा नियन्त्रण गरिनेछ। सुख्खा मौसममा ०.४ मिटर/सेकेन्ड प्रवाह र चाडपर्वको मौसममा आवश्यकता अनुसार थप प्रवाह गर्न प्रस्ताव गरिएको छ। यसले मनसुनमा बाढी नियन्त्रण गर्न पनि मद्दत गर्नेछ।
यो आयोजना एसियाली विकास बैंकको लगानीमा निर्माण भएको हो। यो ड्याम निर्माणको काम मुख्य सिभिल ठेकेदार ग्वाङ्जाओ, लामा र रमन निर्माणले संयुक्त रूपमा गरिरहेका छन्। ठेक्का कबोल भए अनुसार यो ड्यामको निर्माण कार्य सन् २०२१ अक्टोबरमा पुरा गर्नुपर्ने थियो तर सन् २०२२ सम्म यसको निर्माण कार्य पूर्ण भएको छैन।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ । मानव निर्मित मनमोहक धाप ड्याम ताल करिब १३ हेक्टरमा फैलिएको छ । त्यहा पुग्न सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै शिवपुरी–नागार्जुन निकुञ्ज स्थित सुन्दर धाप ड्याम अवलोकन पनि गर्न सकिन्छ ।







तस्विर : टार्जन लिम्बु
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा