सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले आज मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई सपथ गराएका हुन्।
बानियाँ बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्। उनले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा संयुक्त सरकार गठन गर्ने दाबी प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेका थिए।
प्रदेश सभामा ११० जना सदस्य रहेकोमा कांग्रेस र एमालेका ६४ जना सांसदको समर्थन उनको पक्षमा रहेको छ। बानियाँ हाल नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत हुन्।
सपथपछि बानियाँको नेतृत्वमा सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। प्रारम्भिक जानकारीअनुसार उनले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
यससँगै बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको संयुक्त सरकारको औपचारिक शुरुवात भएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा