सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा, साउन १४। नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा उनले वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै विजयी हासिल गरेका हुन्।
कुल ३७ मत खसेको उक्त निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लामाले १४ मत प्राप्त गरे। एक मत बदर भएको निर्वाचन अधिकृतले जनाएका छन्।
यसअघि मंगलबार बानियाँले मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए, जुन सोही दिन पारित भएको थियो। कांग्रेसका ३७ सांसदमध्ये मंगलबारको बैठकमा २२ सांसद बानियाँको पक्षमा उभिएपछि नेतृत्वमा परिवर्तनको बाटो खुलेको थियो।
बानियाँ वर्तमानमा कांग्रेस बागमती प्रदेश समितिका सभापति तथा प्रदेशसभा सदस्य पनि हुन्। नयाँ नेताको निर्वाचनसँगै बागमती प्रदेशमा कांग्रेसको रणनीति र नेतृत्वमा नयाँ मोड आएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा