सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ईन्द्रेणी मल्टीप्रपोज ईन्भेस्टमेन्ट प्रालिले होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा ल्याएको छ । शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त रेष्टुरेन्ट संचालनमा ल्याइएको हो ।
उक्त रेष्टुरेन्टको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेको बताए । उनले नेपालमा साच्चिकै सम्भावना रहेकाले आफ््नै देशमा होटल रेष्टुरेन्ट संचालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताए ।
उनले भने, ‘अहिले नेपालमा एकदमै सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेका हुन्छौं । कतिपय सम्भावनाहरु अगाडि बढाउनका लागि नकारात्मक वातावरण छैन भन्ने हिसावलाई चिर्नका लागि देशमै केही न केही गर्नुपर्ने भन्ने यो एउटा सकारात्मक उदाहरण हो । नेपालमा साच्चिकै सम्भावना छ भन्ने जुन म्यासेज दिनको लागि र नेपालमा रहनु हुने सबैलाई सम्भावना छ भन्ने उदेश्यले होटल अगाडि बढाउनु भयो यो साच्चिकै राम्रो पक्ष हो ।’
साथै उनले हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको बताए । उनले मार्कोपोलो प्रालि.ले आफैंमा नेपालको पर्यटक क्षेत्रलाई अगाडि बढाउनमा विशेष भूमिका खेलेको बताए ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा