• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

      गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

    होमपेज /  शिक्षा

    ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ४, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३०२ पटक पढिएको
  • पोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी), काठमाडौँको म्यानेजमेन्टमा पुनः सुरु भएको हो ।

    सन् २००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयम दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ– ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । यससँगै कसमस इन्टरनेशन कलेज अब ब्रिटिस एजुकेशन ग्रुपमा आधिकारिक रुपमा समावेश भएको छ, जसले नेपालभर गुणस्तरीय शिक्षा विस्तार गर्दै आएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि ब्रिटिस ग्रामर स्कूलका भाइस प्रेसिडेन्ट पाउल क्लिभ्स र द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै क्लिभ्सले भन्नुभयो, “गुणस्तरीय शिक्षा राष्ट्रको विकासको आधार हो । कसमस इन्टरनेशनल कलेजको पुनः सुरुवातले हजारौं युवाहरूको भविष्य निर्माणमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको छु ।”

    “सन् २०१२ मा शिक्षामा रूपान्तरण ल्याउने उद्देश्यसहित काठमाडौँबाट सुरु भएको हाम्रो शैक्षिक यात्रा आज नेपालभर विश्वासिलो ब्रान्डका रूपमा स्थापित भइसकेको छ । हाल ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतका शैक्षिक संस्थाहरूमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हाम्रा ग्राजुएटहरू विश्वका प्रतिष्ठित कम्पनीहरूमा कार्यरत छन्, कतिपयले आफ्नै स्टार्टअप सञ्चालन गरिरहेका छन् भने थुप्रैले २० भन्दा बढी देशका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा थप अध्ययन गरिरहेका छन् ।” कार्यकारी अध्यक्ष कँडेलले भन्नुभयो, “हामी द ब्रिटिस कलेज, काठमाडौँबाट प्राप्त गुणस्तरीय शिक्षाको मापदण्डलाई अब पोखरामै ल्याउन पाउँदा गर्व महसुस गर्दैछौं । हामी पोखरामा पनि अन्तर्राष्ट्रियस्तरको विश्वसनीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं ।”

    कार्यक्रममा हिसान, प्याब्सन, एनप्याब्सन, पोखरा उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघसंस्था, पत्रकार, अभिभावक, विद्यार्थी तथा समाजका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    ए–लेभल कार्यक्रम सुरु भएसँगै कलेजले विशेष छात्रवृत्ति योजनाको घोषणा पनि गरेको छ । योजनाअनुसार प्रारम्भिक चरणमा भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म ट्युसन फी छुट, सुरुका २० जना विद्यार्थीलाई निःशुल्क भर्ना, राष्ट्रिय स्तरका खेलाडी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई अतिरिक्त छात्रवृत्ति, साथै उपत्यकाका प्रमुख स्थानहरूबाट निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ ।

    हाल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको छ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले १० जुन २०२५ भित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ ।

    टीबीसीको म्यानेजमेन्टमा कार्यक्रम पुनः सञ्चालन भएसँगै कलेजले विद्यार्थी केन्द्रित वातावरण, व्यवहारिक सिकाइ र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

    ब्रिटिस एजुकेशन ग्रुपबारे 
    कसमस इन्टरनेशनल कलेजसँगै ब्रिटिस एजुकेशन अन्तर्गत आबद्ध संस्थाहरूमा द ब्रिटिस कलेज–काठमाडौँ, द वेस्टमिन्स्टर कलेज–ललितपुर, ब्रिटिस मोडल कलेज, ब्रिटिस प्रोफेशनल कलेज, ब्रिटिस इन्टरनेशनल कलेज, ब्रिटिस ग्रामर स्कुल–रुपन्देही, मदरल्याण्ड स्कुल–चितवन, द उलविच कलेज–लन्डन, द उलविच इन्स्टिच्युट–दुबई, र मेरिटाइम बिजनेस कलेज–क्यानाडा रहेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल

    बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले द ब्रिटिस कलेजलाई फेरि दियो मान्यता

    ब्रिटिश प्रोफेसनल कलेज र ACCA ले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला

    शैक्षिक परामर्श क्षेत्रका विकृतिविरुद्ध सरकारको कडाइ, इक्यानले भन्यो- शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म…

    गोलबजारमा आज कफ्र्यु खुकुलो

    तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन…

    पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑