• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गण्डकी कोटिहोममा पुनः जेठ १० गतेखि देवी प्रतिभाले कथा वाचन गर्ने

      तीनकुने घट्नालाई कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन् : गृहमन्त्री

      प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

      जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

      पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

      बागमती प्रदेशसभा अधिवेशन ढिलागरी सुरु

      वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

      नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

      नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह

      स्टार फुटबलर साम्बाको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ र स्मृति स्तम्भ

      प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेट

      जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

      २५ करोड अवैध रकम वरामदबारे सदनलाई जानकारी चाहियो : खतिवडा

      ‘३४ दिन गृह मन्त्रालय सम्हाल्दा लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिए’

      युएईलाई हराउँदै नेपाल महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनोटमा

    होमपेज / आर्थिक

    भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र १२, बुधबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६३ पटक पढिएको
  • सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति झण्डै ८४ प्रतिशत सकिएको छ ।

    सुर्खेतको भेरीगंगा नगरपालिका–११ स्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२.२ किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाल्न लागिएको योजनाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्म भौतिक प्रगति ८३ दशमलव ७ प्रतिशत र वित्तीय प्रगति ११६ दशमलव ९३ प्रतिशत रहेको छ ।

    आयोजनाका लागि चालु आर्थिक वर्षका लागि एक अर्ब ७७ करोड छुट्याइएकोमा हालसम्म ४६ करोड रुपैयाँ खर्च भएको आयोजनाका प्रमुख रणबहादुर बमले बताए । चालु आर्थिक बर्षको लक्ष्य अनुसार आयोजनामा ६६ प्रतिशत भौतिक प्रगति भएको छ ।

    ४८ मेगावाट विद्युत उत्पादनसहित बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पु¥याइने उक्त आयोजना ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको छ । आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । बाँधस्थल चिप्लेमा बाँधका ६ वटा ‘वे’ मध्ये २ वटाको ढलान, ग्राभल ट्रिप, फारवे, लिफ्ट वाल लगायतका संरचनाहरुको निर्माण सकिएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिए ।

    सर्ज साफ्ट निर्माण स्थलमा स्लोभ स्टभविलाइजेसन गर्ने कार्य सम्पन्न भई साफ्ट खन्न ग्रान्टी क्रेन राखेर कलर बिम ढलान भई साफ्ट खन्न सुुरु भएको उनले बताए । ‘पावर हाउस निर्माणस्थलमा उल्खलनको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ,’ उनले भने, ‘कोफर्डम निर्माण गरी बाटो डाइभर्सन गरिएको छ ।’

    इलेक्ट्रोमेकानिकल सम्बन्धि ट्रान्सफर्मर–३, ट्रवाइन रनर र तीन वटा ड्राफ्ट ट्युव आयोजनास्थलमा ल्याइसकिएको उनले बताए ।

    आयोजनालाई चाहिने ३३ हेक्टर जग्गामध्ये गत आर्थिक वर्षमा १०.५९ हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन भई जग्गाको स्वामित्व एकिन गर्ने कामसमेत सम्पन्न भएको छ । ६.५३ हेक्टर जग्गाको मुआब्जा रकम भुक्तानी भएको र बाँकी प्रक्रियामा छ । स्थानीयहरुले पटक–पटक स्थानीयस्तरमा सिर्जना हुने अवरोधका कारण आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ ।

    छुट भएका ऐलानी जग्गा तथा उक्त जग्गामा निर्मित संरचनाको क्षतिपुर्तिका सम्बन्धमा स्थानीयहरुबाट आयोजनामा निवेदन पेश भई प्रक्रिया अघि बढेको छ ।  ऐलानी जग्गा प्राप्तिका सन्दर्भमा स्पष्ट नीति तथा कार्यविधिको अभाव रहनुको साथै ऐलानी जग्गाको स्वामित्व परिवर्तनले प्रक्रियागत जटिलता थपिने गरेको छ ।

    पावर हाउस निर्माण हुने बबईको बायाँ किनारा बस्तीबाट निर्माणस्थलमा भएको अवरोध फुकाउन केही भूभागमा हाल कायम सिभिल निर्माण कार्यको ठेक्काबाट तथा अन्य भूभागमा नयाँ ठेक्काबाट निर्माण कार्य अगाडी बढाइ स्थानीयवासीहरुको माग सम्बोधन गरिएको छ । निर्माण व्यवसायीलाई आवश्यक दक्ष जनशक्ती, यन्त्र उपकरण तथा निर्माण सामाग्रीहरु लगायतको उचित व्यवस्थापनमा जोड एवं निर्देशनका साथै आवश्यक समन्वय गरिएको उनको भनाई छ ।

    नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिवीएम) प्रयोग गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम निर्धारित समयमै सम्पन्न भएको नेपालकै नमूना आयोजना हो । १० फेव्रवरी, २०१५ बाट सुरु भएको उक्त आयोजनाको २८ मार्च, २०२० सम्म सुरुङ सम्पन्न गर्ने लक्ष्य थियो । लक्ष्यको झण्डै एक बर्ष अगाडि नै सुरुङ खन्ने काम सकिएको थियो ।

    भेरी बबई भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने र बाह्रै महिना ४८ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजना हो । भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ ।

    बबई सिँचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बाँकेको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्ने छ । चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा विद्युत गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा ४८ मेगावाट विद्युत उत्पादन गर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सुनको मूल्य बढ्दा चाँदी स्थिर

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

    जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

    युएईलाई हराउँदै नेपाल महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनोटमा

    गण्डकी कोटिहोममा पुनः जेठ १० गतेखि देवी प्रतिभाले कथा वाचन गर्ने

    तीनकुने घट्नालाई कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन् : गृहमन्त्री

    प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

    जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

    पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

    प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेट

    नेपाल प्रहरीकी असई कुन्जाङले चुमिन् सगरमाथाको शिखर

    मन्त्रिपरिषद्को बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै, सांसदका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची

    गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

    वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

    जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

    युएईलाई हराउँदै नेपाल महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनोटमा

    आज २०८२ वैशाख २९ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना

    आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

    अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री

    उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

    किराँत समुदायले आज उभौली पर्व मनाइँदै

    जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति

    बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी स्थिर

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑