• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अमेरिका–इरान समझदारीको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

      ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन

      ई–पासपोर्ट खरिद प्रकरणः यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते ललितपुरमा हुने

      पूर्वाधार मन्त्री लम्साललाई ऐन महरको प्रश्नः ‘ ठेकेदारको भाँच्च्ने खुट्टा चाहिँ देब्रे हो कि दाहिने ?’

      यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

      यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

      मन्त्री पुनलाई हर्कको सुझाव : ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’

      ‘क्रिटिक्स अवार्ड’ शनिबार बाँडिदै, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत 

      गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

      ‘टुहुरो र वेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो : मन्त्री पुन

      हर्क साम्पाङको लाइसेन्स रद्द भएको खुलासा, ट्राफिक प्रहरीले थाल्यो छानबिन

      विदेशमा पीआर लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

      औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

      ‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

    होमपेज /  प्रदेश

    महायज्ञ गर्ने भन्दै दलित डोमको घर भत्काइयो, अछुतको बहानामा माटो खनेर फालियो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५०० पटक पढिएको
  • सिरहा । सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम ) को घर भत्काएर हटाइएको छ ।

    महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर मरिकको घर भत्काउन लगाएका थिए ।

    मरिकको घर मात्र भत्काइएन अपितु अछुतले छोएको माटो भनेर दीपक मरिकको घरले चर्चेको स्थानको दुई फिट माटो खनेर समेत फालिएको छ ।

    थातथलो भत्काएर मरिक परिवारलाई बिस्थापित गराइए पछि सुन्दर जनता माध्यमिक विद्यालय औरहीको जग्गाको २ धुर जग्गामा (एक कुनामा) दुई कोठाको फुसको घर बनाएर राखिएको छ ।

    विगत ३० वर्षदेखि मरिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो । आफ्नो आवास भत्काइएपछि मरिक परिवार विलखबन्दमा परेका छन् ।

    ‘यो स्थानमा महायज्ञ गर्नुपर्ने छ, यहाँबाट तिमीहरु हट्नुपर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नं. ५ का पूर्ववडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मरिकले बताइन् ।

    गहभरी आँशु पार्दै उनले भनिन्,‘हामी सपरिवार त्यहाँ हासीखुशी गुजारा गर्दै थियौ । हाम्रो त्यो घरमा हाम्रै बालबच्चाको नाभी जोडिएको, भावना जोडिएको थियो । तर अहिले हामीलाई यो एकान्त सुनसान ठाउँमा ल्याएर बस्न बाध्य बनाए । घर भत्काएर डंगुर बनाइदिए  । माया लाग्यो, मन थाम्न सकिन । एउटा–एउटा इटा टिपेर ल्याएँ–भग्नावशेष देखाउँदै अनिताले भनिन् । यज्ञ सुरु हुनु २० दिन अगावै मेरो थातबास उजाडियो । हामीलाई बिल्लीबाठ बनाइयो,’ अनिताले भनिन्,‘म र मेरा श्रीमान् ड्युटीमा थियौंं । यता पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव जेसिभी लिएर आएछन् । घर भत्काउन थाले । चार दिनअघि छोराको बिबाह गरेर बुहारी भित्र्याएका थियौंं । नयाँ बुहारी र मेरा मसिना लालाबाला भएर सकेजति सामान झिकेछन् । झिक्न नभ्याएको सामान जति त्यही पुरियो ।’

    घर भत्काएर लखेटिएकी अनिता मरिकको मुटु चिथोरिएको छ । उनी भक्कानिदै भन्छिन्,‘डोमको कोखमा जन्मेकै कारण आज हामीले यो छुवाछुतको अपमान र भुक्तमान भोग्नु परेको छ ।’ अनिता मरिकको अहिले कान्त विजोग छ ।

    ‘नयाँ ठाउँमा खानेपानीको धारा छैन् । अछुत भनेर कसैले आँगन टेक्न दिदैनन् । चापाकलमा पानी भर्न दिदैनन् । चैतको चर्को घाम छ । तिर्खाले छटपटाउँछौं । त्यो पुरानो घरमा बिजुली थियो । मैले आफैले जडान गराएको चापाकल थियो,’ उनले भनिन् ।

    ‘कप्टेरा जस्ता दुई चारवटा भाटा माथि पुरानो थोत्रो जस्ता हालेर घर ठड्याइ दिएका छन् । बिजुली छैन । गर्मी बढेसँगै सर्प निस्कन्छ । अध्याँरोमा डराइ डराइ रात काट्छौ,’अनिता भन्छिन्,‘दलित भएर बाँच्न कति कठिन छ । उनको मुटुमा शूल व्यथा छ । यहाँ बस भनेर झुप्रो हालिदिए तर यो जग्गा स्कूल को हो । स्कूलले जग्गा खली गर भनेपछि हाम्रो फेरि उठिबास हुन्छ । स्कूलको सहमति नलिई हामीलाई यहाँ जवरजस्ती बसाइएको छ ।’

    अनिता भन्छिन्,‘नयाँ घर बनाइ दिएकाछौं भन्छन् तर यो ठाउँ वर्षायाममा बाढी बग्ने र तलाउ हुने ठाउँ हो । पालिकाको जेसिभी ल्याएर नदीबाट माटो कोपरेर अग्लो पारिदिए । वर्षायाममा यहाँ बालबच्चा लिएर कसरी बस्नु ? यहाँ ठूलो भल आउँछ । हाम्रो यो झुपडी एकै दिनमा बगाउँछ । यस्तो ठाउँमा झुपडी हालेर बस भने ।’

    अनिताले दुखेसो पोख्दै भनिन् , “ हामी गरिब छौ । पालिकामा मेरा श्रीमान् स्वीपर छन् । म स्वास्थ्य केन्द्रमा स्वीपरको काम गर्छु । पालिका अध्यक्षको कुरा नमान्दा हाम्रो जागिर जाने भयो । ” घर भत्कादिन्छौ , पर गएर बस भन्दा “हुन्छ मालिक ” भन्नै प¥यो । अनिताका छोरा अर्जुनले भने  के हामी मान्छे होइनौं ? हाम्रो घर त्यहाँ हुँदा यज्ञ गर्न कसरी अप्ठ्यारो हुन्थ्यो ? त्यहाँ अरु जातिहरुको घर भत्काइएन । डोम भएकै कारण हाम्रो घरमा डोजर चल्यो । अछुत भनेर त्यहाँको माटो समेत खनेर फालियो ।

    आमा अनिताको आँशु पुछ्दै आठ वर्षीय आकाश मरिकले रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई सोधे–‘अहा सब के छियै ? ओई बाबाजीके पकैरक जेलमे धैर दियौं । उ हमर घर तोइर देलकै । (तपाईँहरु को हो ,त्यो बाबाजीलाई पक्रेर जेलमा हालि दिनुस् । उसले हाम्रो घर भत्काउन लगायो ।)’

    दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रिती र सात वर्षीय छोरा आकाश मरिकसहितको सात जनाको परिवार छ ।

    यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मरिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे । उनले भने,‘त्यहाँ कृषि बजार लगाउन तीन करोडमा टेण्डर लागेको छ । त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ । त्यसकारण भत्काएको हो ।’

    घर भत्काए पनि अर्को स्थानमा पुनस्र्थापना गरिदिएको भन्दै यादवले भने,‘क्याम्पस बनाउन यज्ञ आयोजना गरिएको हो । सामाजिक भलाइको काम कै लागि हो । आफूले अछुत भनेर घर भत्काइएको छैन् । यस घटनालाई मिडियामा चर्काउन आवश्यक छैन् ।’

    त्यसैगरी पूर्ववडाध्यक्ष दिलीप यादवले भने,‘हामीले घर भत्काए पनि अर्को घर बनाइ दिएका छौं । यसमा हाम्रो के गल्ती भयो त ?’ पूर्ववडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्ष हुन् ।

    औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानले भने,‘त्यहाँ पाँच घर दास तत्माहरुको घर छ । अरु कसैको घर भत्काइएन तर एक घर मरिक (डोम) को घर भत्काइयो । घर मात्र भत्काइएन त्यहाँको माटो समेत खनेर फालियो । बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध हो ।’

    उनले दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन् । पासवानले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण गराउँदै घटनाको छानविन गर्न आह्वान गरेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिका–इरान समझदारीको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य…

    ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा…

    ई–पासपोर्ट खरिद प्रकरणः यस्तो छ अख्तियारले आरजु देउवाको…

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    आर्थिक

    यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑