सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ। नेपालका विभिन्न धर्मावलम्बीहरूको धार्मिक स्थल तथा मन्दिरहरूलाई समेट्दै तयार गरिएको उक्त क्यालेन्डर नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत गरिएको छ।
डिजिटल पहुँचलाई प्रोत्साहन गर्दै, बैंकले क्यालेन्डर डाउनलोड गर्नका लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ। बैंकको सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरू पनि समावेश छन्।
कामना सेवा विकास बैंकले डिजिटल बैंकिङ सेवाका साथै, सूचना तथा उपयोगी सामग्रीहरू डिजिटल माध्यमबाट प्रवाह गर्ने लक्ष्य लिएको छ। क्यालेन्डर सार्वजनिक गर्नु यसैको निरन्तरता भएको बैंकको भनाइ छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा