सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटहरी । इटहरीमा जारी १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ पुगेको छ ।
सोमबार इटहरी रङ्गशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको हो । जितका लागि मच्छिन्द्र फुटबल क्लबका तर्फबाट खेलको ३१ औँ मिनेटमा मलिक बामिदेले युसुफले गोल गरे ।
प्रतियोगिता अन्तर्गत मङ्गलवार चर्च ब्वाइज यूनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबिच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।
फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेता लाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा