सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको सोमबार निरीक्षण गरिएको छ ।
भौतिक पूर्वाधार मन्त्री श्री देवेन्द्र दाहाल, रक्षा मन्त्री श्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री दीपक खड्काले निरीक्षण गरेका हुन् ।
निरीक्षणको दौरान सडक निर्माणको हालसम्मको प्रगति विवरण तथा विविध पक्षहरूको बारेमा जानकारी गराइएको थियो ।
२०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी–किमाथांका सडक आयोजना मध्ये च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो ।
आ.व. २०८२÷८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भई रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा