सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ पौष । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गरेको छ। लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतबाट ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गरेको हो।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर जारी गर्न लागेको छ, जसको कुल रकम ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबर हुनेछ।
एफपीओका लागि लगानीकर्ताले छिटोमा पुस ९ गतेसम्म र ढिलोमा पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
हाल महुली लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ। एफपीओ निष्काशनपछि चुक्ता पूँजी बढेर ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।
लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
यस एफपीओले लगानीकर्ताहरूलाई थप लाभ दिने र लघुवित्तको वित्तीय संरचनामा सुधार ल्याउने विश्वास गरिएको छ।
इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा