• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

      कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

      चलचित्र क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना

      सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल सम्बोधन गर्ने

      नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

      विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

      गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

      आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो, सरकारबाट सुझाव कार्यान्वयन भएन : सभापति राई

      केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

      केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

      साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान

      साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया

      विश्वकप फाइनलमा किन हार्‍यो अर्जेन्टिना? स्पेनविरुद्ध उपाधि जोगाउन नसक्नुका ६ मुख्य कारण

      रोड्री बने विश्वकपका उत्कृष्ट खेलाडी, एम्बाप्पेले लगातार दोस्रोपटक जिते गोल्डेन बुट

      नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन् सम्बोधन

    होमपेज /  सेतोखबर बिशेष

    डिभोर्स भएका र उमेर ढल्केका धेरैको जोडी मिलाइदिएका छौं

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ श्रावण २२, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • ९५९ पटक पढिएको
  • संस्था दर्ता गरिसकेपछि लगभग २१ जोडीको विवाह गराइसकेका छौं । त्यसमध्ये १३–१४ जोडी डिभोर्सवाला हुनुहुन्थ्यो भने अरु नयाँ जोडीको विवाह गराइदिएका हौं । आजसम्म कुनै ठाउँबाट गुनासो आएको छैन् ।
    तुलसी भारद्वाज निरौला
    संचालक
    लमी नेपाल प्रा.लि

    सामान्यत लमी भनेको विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने मध्यस्तकर्ता हो । गाउँघरमा अझैपनि विवाहका लागि वर वा वधु खोज्दा लमीको सहयोग लिने प्रचलन छ । लमी राखेर विवाह गर्ने चलनलाई कायम राख्न हामीले निजी क्षेत्रबाट सहयोग गरिरहेका छौं । संस्था नै स्थापना गरेर लमीको भूमिका निर्वाह गरिरहेका छौं । करिब पाँच वर्षसम्म अनौपचारिक रुपमा आफन्तहरुका निम्ती लमीको काम गरेका थियौं । विस्तारै संस्थागत रुपमै काम गर्ने भनेर कम्पनी रजिष्ट्रार कार्यालयमा संस्था दर्ता गरेर काम गरिरहेका छौं ।

    २०७७ सालको मंसिर १७ गते ‘लमी नेपाल प्रा.लि’ दर्ता गरेर काम गरिरहेका छौं । खासमा आफ्नै परिवारमा घटेको एउटा सामान्य घटनाबाट संस्था खोल्ने सोच आएको हो । मैंले विवाह गरेको १३–१४ वर्ष भयो । मेरो दिदीको बिवाह भएको १५ वर्ष भयो । सोहीबेला चुनौति मोल्नुपरेको थियो । जसअपजसको कुरा आयो । परिवारभित्रै यस्तो कुरा आउँछ भने विवाह चाहिं कसले गराइदिने भन्ने प्रश्न उब्जियो । त्यही क्रममा हामीले यो एउटा बिजनेस हुन्छ भनेर यस्तो कामको अवधारणा ल्याएका हौं । दुबै पक्षको सूचना एक अर्कामा लगिदिने काम गर्ने गर्छौ । जिम्मेवारी लिँदैनौं तर मध्यस्तकर्ता रुपमा चाहीं काम गर्र्छौ । सुरुवाती चरणमा एकदमै सकरात्मक पाएका थियौं ।

    पहिले हामी सम्बन्धित व्यक्तिको सूचना लिन्छौं । रोजगारी, व्यवसाय के हो सबै बुझ्छौं । जानकारी लिन घरसम्म पनि पुग्छौं । पहिले आफैं विश्वस्त हुन्छौं । विश्वस्त भइसकेपछि उहाँहरुलाई विश्वस्त बनाउँछौं । पहिलेका लमीहरुले व्यक्तिगत रुपमा यो घर को केटा यस्तो छ, त्यो घरको केटा उस्तो छ भन्दै गर्नुहुन्थ्यो । तर हामी सिस्टममा गर्छौ । सबै कुरा हेर्नको लागि कर्मचारी राखेका छौं । फोटोहरु गुगल ड्राइभमा राख्छौं, फेसबुकमा पनि फोटो राख्छौं । गु्रपमा पनि सल्लाह हुन्छ । अनि बल्ल देखाउन थाल्छौं । विवाह भनेको दुईवटा परिवारको कुरा हो । त्यसैले दुई परिवारको संलग्न गराउछौं । शाकाहारी र मांशाहारी दुवैका लागि मिल्दो जोडी खोज्छौं । काठमाडौंमा घर चाहीएकोलाई त्यही अनुसारका व्यक्ति पहिचान गर्छौं ।

    सूचना आदानप्रदान गर्दा पनि गोपनियताको ख्याल राखेका हुन्छौं । सुनाउनुभन्दा पहिले व्यक्तिको नाम, फोन नम्बर राख्छौ तर ठयाक्क ठेगाना दिँदैनौं । यो ठाउँमा घर छ भन्यो, सक्यो । यत्तिको मान्छे ठिक छ कुरा अगाडि बढाउँ भन्ने भएपछि मात्र फोटो पठाउँछौं । सबै कुरा बताइदिन्छौं । पहिले त मागी विवाहमा जात समुदाय चाहिन्छ, जात मिलेन भने हुँदैन् । उहाँहरुले यो चाहीं जातकोसँग चाँही गर्छु भन्नुभयो भने प्रक्रिया अघि बढाउने हो । कम्पनी भएकाले ग्राहकले जे सुविधा माग्छन् त्यही दिने हो । हाम्रो प्रचलन के छ भने केटीले पाएक पर्ने ठाउँमा बोलाउँछ र त्यहाँ केटा जानुपर्छ । व्यक्तिगत गोपनियतालाई बढि ध्यानमा राखेर काम गर्ने गछौं ।

    विदेशमा केटाकेटी भए जुम मिटिङ गराउने गराउँछौं । मिटिङ चाही मन परिसकेपछि लगभग बिहे हुन्छ है भन्ने भएपछि गराउने हो । त्यसपछि शुल्कको कुरा आउँछ । पहिले ५० प्रतिशत लिन्छौं । अनि नाम ठेगाना नम्बर सबै दिन्छौं । त्यसपछि आफैं पनि जान सक्नुहुन्छ भनेर सम्झाउँछौं । यहाँ आउने व्यक्तिको ठकुमेन्ट भनेको व्यक्तिको सम्पूर्ण विवरण लिन्छौं । नाम, थर, गोत्रको विवरण लिन्छौं । मावलीको थरसँग विवाह गर्न नहुनेले सोही अनुसारको जानकारी लिन्छौं । अरु डाटासँग म्याचिङ गर्छाैं ।

    हामीसँग प्रायः डिभोर्स भएका, पहिलो विवाह विग्रेका व्यक्तिहरु आउनुहुन्छ । पछिल्लो समयमा अलिकति पाको उमेरका व्यक्तिहरु पनि आउन थाल्नुभएको छ । नयाँ व्यक्ति वा भर्खर विवाह गर्न उमेर पुगेकाहरु पनि आउनुहुन्छ । तर संख्यात्मक रुपमा ७० प्रतिशत डिभोर्स भएको र अलि बढि उमेरको हुनहुुन्छ । दिमागको औषधिहरु खानेहरु अर्थात मनसिक सन्तुलन राम्रो नभएकाहरु पनि आउनुहुन्छ । आजभोलि चाँही धेरैजसो प्रेम विवाह नै बढी हुन थालेको छ । प्रेम असफल हुनेहरु पनि आउनुहुन्छ । सम्बन्ध थियो भर्खरै बिग्रयो, जोडी खोजिदिनुपर्यो, बिहे अहिले नै गर्दिन दुई वर्षसम्म हेर्छु, विचार गर्छु भन्ने खालको मानिसहरु पनि आउनुहुन्छ । नेपालको कानुनले दिएको मात्र काम गर्छौं । त्यो भन्दा बाहेक गर्दै गर्दैनौं । कुनै हालतमा गर्दैनौं, बरु काम नगरी बस्छौं । कहिलेकाँही १८ वर्षको भए केटी खोजिदिनुहोस भन्नेहरु पनि आउनुहुन्छ । त्यस्तालाई हामी अब दुई वर्ष चुप लागेर बस्नुहोस भन्र्छौ । हामीसँग आएर बिहे गर्नेले सयौंबाट छान्ने हो । त्यसैले पनि परम्परागत लमी भन्दा धेरैको रोजाइमा पर्न सकेका हौं ।

    बिहे गराइदिने नाममा मानव बेचबिखन हुने गरेको सुन्र्छौ । यस विषयमा संवेदनशील छौं । विहे गरेर विदेश लैजान्छु भन्दै आउनेहरुप्रति अलिक शंका लाग्ने गर्छ । त्यसको मजाले अध्ययन गरेर गैरकानुनी हो कि जस्तो लाग्यो भने च्याप्टर बन्द गर्छौ । आधिकारिक डकुमेन्टहरु राम्रोसँग चेकजाँच गरेर मात्र प्रकृया अगाडि बढाउँछौं । त्यसैले पनि त्यस्तो समस्या आउँदैन् । संस्था दर्ता गरिसकेपछि हामीले लगभग २१ जोडीको विवाह गराइसकेका छौं । त्यसमध्ये १३–१४ जोडी डिभोर्सवाला हुनुहुन्छ भने अरु नयाँ जोडीको विहे गराइदिएका र्छौ । आजसम्म कुनै ठाउँबाट गुनासो आएको छैन् ।

    संस्थामार्फत समाजमा केही न केही योगदान दिने काम गरेका छौं भन्ने लाग्छ । अपाङ्ग, मानसिक रोगीहरुले पनि विवाह गर्न सफल हुनु भएको छ । त्यसैले पनि राम्रै काम गरेका छौं भन्ने लाग्छ । (नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन्…

    कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका…

    चलचित्र क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ…

    सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा.…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता,…

    बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    आर्थिक

    नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

    विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

    गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑