सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका चार जना मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ ।
कर्णाली प्रदेश सरकारमा जान लागेको नेपाली कांग्रेसका चारजना मन्त्रीको पद तथा गोपनीयताको शपथ आज हुने भएको हो ।
कांग्रेस संसदीय दलले गत शुक्रबार नै आफ्नो दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो ।
शपथ लिनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाही, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र खानेपानी, जलश्रोत, ऊर्जा विकास मन्त्रीमा विजय बुढा रहेका छन् । शपथ आज दुई बजे हुनेछ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा