सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २०, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय मान्य नहुने बताएको छ । प्रधानमन्त्री तथा निर्वाचनको बारेमा आज बसेको बैठक सकिएपछि ओलीले पुनः निर्वाचन गराउने निर्णय आफुहरुलाई मान्य नहुँने तथा पुन मतदानको खुलेर प्रतिवाद गर्ने समेत बताए ।
भरतपुर महानगरपालिकामा भएको घटनाको सत्यतथ्य छानविन गरि पुनः मतदान या मतगणनाको बारेमा निर्णय गर्न आयोगले सहन्याधिवक्ता गिता प्रसाद तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । समितीले दिएको प्रतिवेदनका आधारमा आयोगले वडा नम्बर १९ को मतपत्र क्षति पुगेको केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐनको दफा ४९ र ५० वमोजिम पुन मतदान गर्ने निर्णय गरेको थियो ।
एमालेले भरतपुरमा मतगणना गर्नुपर्ने र पुनः मतदान गरिए मान्य नहुँने बताउँदै आएको थियो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा