सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १८ , काठमाडौं आइजिपी मुद्दाको टुंगो लगाउन सर्वोच्च अदालतमा सुरू भएको सुनुवाइ बिहीबार पूरा हुन सकेन । बहस नसकिएकाले उक्त मुद्दालार्इ हेर्दाहेर्दैमा राखिएको छ । अब असार १ गतेमात्रै सुनुवाइ हुनेछ । उक्त मुद्दाको सुनुवाइका लागि बिहीबार बृहत् पूर्ण इजलास गठन भएको थियो । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा सात सदस्यीय बेन्च तोकेकी थिइन् । यसअघि पनि एक पटक बृहत पूर्ण इजलास गठन भएको थियो, तर सुनुवाइ हुन सकेको थिएन ।
लामो समयदेखिअदालतमा अड्किएको प्रहरी महानिरीक्षकको मुद्दामा धेरैको चासो छ । बिहीबार गठन गरिएको बेन्चमा जकरासहित न्यायाधीशहरु जगदीश शर्मा पौडेल, दीपकुमार कार्की, केदार प्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी रहेका छन् । सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गरेपछि सर्वोच्च अदालतमा आईजीका दाबेदार अर्का डीआईजी नवराज सिलवालले मुद्दा दायर गरेका थिए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा