सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र स्वतन्त्र सांसदले समर्थन गरेका छन्।
प्रदेश प्रमुख मियाँले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा अहिले ५१ सांसद छन्। बझाङ १ ‘क’ मा वैशाख १५ मा उपनिर्वाचन हुँदै छ। अहिले बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेश सभामा एमाले र माओवादीका सभामुख बाहेक १०–१० सांसद छन्। त्यस्तै, एकीकृत समाजवादीका चार र नाउपाका सात सांसद छन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद मात्रै समर्थनमा देखिएका छन्। त्यस्तै, स्वतन्त्र एक सांसद गरी २७ सांसद पुग्छन्।
विपक्षमा कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसद छन्।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा