सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् ।
सत्ता साझेदार दल नागरिक उन्मुक्तिको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् ।
आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो तर पटक–पटक बैठक सारिएको थियो ।
अन्तिममा पनि विश्वासको मत नपाउने अवस्था भएपछि मुख्यमन्त्री शाहले साढे ६ बजे प्रदेश प्रमुखको निवास पुगेर राजीनामा बुझाएका हुन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा