सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन– भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । शुक्रबार बिहान दिइएको ताजा जानकारी अनुसार जारी मतगणनामा अब करिब २८ हजार मत मात्रै गन्न बाँकी छ । शुक्रबार बेलुकासम्ममा मतपरिणाम सार्वजनीक गर्ने गरि मतगणना भइरहेको जनाइएको छ ।
ताजा मतपरिणाम अनुसार भतपुरको मेयर पदमा एमालेका उम्मेदवार देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेस र माओवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहाल भन्दा १३ सय ९९ मतले अघि छन् ।
मेयर पदमा पाएको मत
एमालेः देवी ज्ञवाली – ३३ हजार १ सय ६४
माओवादी–कांग्रेस गठबन्धनः रेणु दाहाल – ३१ हजार ७ सय ६५
भरतपुरमा झण्डै २८ हजार मत गन्न बाँकीः यस्तो छ ताजा स्थिती
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा