• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

      रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

    होमपेज /  राजनीती

    टिप्पणीः संसद् अवरोधले एमालेलाई फाइदा, जनतालाई घाटा

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० श्रावण ३२, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ६०५ पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौँ, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् अवरोध गर्दै आइरहेको विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरी सकेको अवस्थामा सिनामंगलमा मोटरसाइकल र स्कुटरको ब्रेक शु भित्र लुकाएर ल्याइएको ६० किलो सुन (ब्रेक शुसहित १ क्विन्टलभन्दा बढी) राजस्व अनुसन्धान विभागले बरामद गरेपछि यसमा सरकार पक्षका कसै न कसैको संलग्नता रहेको भन्दै एमालेले उच्च स्तरीय छानबिन आयोग बनाउनुपर्ने मागसहित साउन १० गतेदेखि संसद् अवरोध गर्दै आएको छ । राजस्व अनुसन्धान विभागले १९ दिनसम्म अनुसन्धान गरेपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सुम्पिएको हो ।

    देशमा आर्थिक मन्दी, प्राकृतिक प्रकोपको वितण्डा, जनताका अनेकन समस्याहरुमाथि बहस, छलफल गर्नुपर्ने, विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने ठाउँलाई नै निरन्तर अवरोध गर्नु उपयुक्त नभएको धेरैको भनाई छ ।

    तर पनि एमालेले आफ्नो हठ नछोड्दा संसद् अवरोध खोल्न राष्ट्रपति नै सक्रिय हुन थालेका छन् । बुधबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले यी विविध विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसद् अवरोध खोल्न आग्रह गरेका थिए । सो क्रममा अध्यक्ष ओलीले एमालेले नभई सत्तापक्षले नै संसद् अवरोध गरेको जवाफ दिएको आफैले सञ्चारमाध्यममा बताएका थिए । सत्ता गठबन्धनका शिर्ष नेताहरु, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतसँग भेटेर राष्ट्रपतिले अवरोध हटाउने विषयमा छलफल गरेका समाचार सञ्चारमाध्यममा प्रकाशित भएकै छन् ।

    सुन प्रकरणको छानबिन सीआइबीमार्फत नभई उच्चस्तरीय आयोग गठन गरेर गर्नुपर्ने मागसहित आक्रामक बनेको एमालेलाई संसद् अवरोध खोल्न कसरी मनाउने भन्ने सम्बन्धमा सत्ता गठबन्धनभित्र पनि बुधबार छलफल भएको थियो । सत्ता गठबन्धनले पनि एमालेको माग पूरा नगर्ने निर्णय गरिसक्दा अब कसरी संसद् अवरोध हट्छ भन्ने चासोको विषय बनेको छ ।

    नेपाली काङ्ग्रेसभित्रै पनि एक पक्ष उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेमा छ भने देउवा–गगन भने सरकारी निकायमाथि विश्वास गर्नुपर्ने भन्दै सीआईबीलाई नै छानबिन गर्न दिनुपर्नेमा छन् । केही दिनअघि मात्र सकिएको नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नरहेको निष्कर्ष निकालेपछि सत्ता गठबन्धनले पनि आयोग गठन नगर्ने निर्णय गरेको थियो ।

    यहाँभन्दा अगाडी पनि ९ महिना लामो संसद् अवरोध गरेको एमालेले यहि एउटा विषयलाई हात्तीको देखाउने दाँत झैं गरेर चपाउने दाँत झैं कारणहरु अरु पनि छन् कि भन्ने आशंका पनि जनमानसमा देखिन थालेको छ । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसद् अवरोधको विरोध गर्दै आएको छ ।

    संसद् खुल्ला गरेर त्यहीँबाट समाधान खोज्नुपर्ने रास्वपाको भनाई छ । लगातार अवरोध हुन थालेपछि रास्वपाले संसद् ‘हाइज्याक’ भएको भन्दै जनताका कुराहरु राख्ने थलोलाई सधैं बन्द गर्न नमिल्ने बताउदै आएको छ । जनताका समस्या, दुख संसद्मा राख्न पाउनुपर्ने र संसद्मार्फत सरकारको ध्यानाकर्षण गर्न पाउनुपर्ने भन्दै संसद् हल बाहिरै रास्वपाले संसदीय अभ्यास गरेर व्यङ्ग्य गरेको थियो । अवरोध संसद्का कारण जनताले दुस्ख पाइरहेको र यसले कसैलाई फाइदा नहुने उसको तर्क छ । रास्वपाका संसदहरुले अबरुद्ध भएको दिनको तलब, भत्ता र सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन र संसद बैठक सुचारु गरिदिन अनुरोध पत्र समेत बुझाएको छ ।

    सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अर्को माग छ । उच्चस्तरीय छानबिन आयोग गठन गर्दा माओवादीकै धेरै नेताहरुको संलग्नता पुष्टि हुने भएकाले सरकारले त्यसो नगरी आफ्ना नेता बचाउन लागिपरेको एमाले अध्यक्ष ओलीले आरोप लगाउदै यस्तो सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले पनि राजीनामा गर्नुपर्ने विभिन्न कार्यक्रममा बताउदै आएका छन् । यदि सरकारले आयोग गठन नगरे आफू पछि नहट्ने एमालेको दाबी छ । जसले लामो समयदेखि संसद् चल्न सकेको छैन ।

    यसमा सरोकारवाला पक्षसमेत चिन्तित देखिन्छन् । लामो समयसम्म संसद अवरोध हुदा राम्रो नहुने र जनताका कुरा जनताले पठाएका प्रतिनिधिले संसदमा राख्न नपाउने उनीहरुको भनाइ रहेको छ ।

    सभामुख देबराज घिमिरेले पटक–पटक संसद बैठक आह्वान गर्दे नियमित कार्यसुचिमा प्रवेश गर्न खोज्दा एमालेले रोष्टमै पुगेर नाराबाजी गर्दा सदन चल्न सकेको छैन । सभामुखले पनि पटक–पटक सदन खुलाउने बिषयमा मुख्य पार्टीका शिर्ष नेताहरु र सचेतहरु राखेर बैठक नबसेका होइनन् । तर, एमालेले सदनको बैठक खुलाउन सकारात्मक नहुँदा सभामुख पनि निरिह बनेका छन् ।

    तसर्थ, सुन प्रकरणमा एमालेले निरन्तर संसद बैठक अवरोध गरेर प्रमुख प्रतिपक्षिको भुमिका भन्दा राजनितिक दुस्मनिको हुर्मत लिने काम गर्दा देश र जनताको समस्या राख्ने थलो नै बन्धक बनेको छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

    योगलाई केवल शारीरिक अभ्यास नभई जीवनपद्धतिको रूपमा ग्रहण गर्न राष्ट्रपतिको आग्रह

    चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रश्न उठ्दै गएको गगन थापाको टिप्पणी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑