• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लागूऔषध सहित सात जना पक्राउ

      गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर 

      रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष

      अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

      फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

      शैक्षिक परामर्श व्यवसायलाई धरौटीले होइन, प्रविधि र पारदर्शी नीतिले व्यवस्थित गर्नुपर्छ : हरि कार्की

      फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

      काठमाडौंका ‘टोल टोलमा फिल्म महोत्सव’ शुक्रबारदेखि सुरु

      चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      बिवाईडी आयातकर्ता साइमेक्सले भन्सार छलेको छानबिनमा पुष्टि, कारबाहीको लागी पत्राचार

      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

      सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रश्न उठ्दै गएको गगन थापाको टिप्पणी

      सरकारले गर्यो धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त

      यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    होमपेज /  समाचार

    लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध विहार र केन्द्रको निर्माण कार्य शुरु, भूमि पूजा सम्पन्न

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० श्रावण २२, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४१७ पटक पढिएको
  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिइएको लुम्बिनीमा बन्न लागेको विहारको भूमि पूजा गरिएको छ ।
    आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी प्रकाशकुमार श्रेष्ठले बताए । विहार फक्रिएको कमलको फूलको आकारमा निर्माण हुनेछ । बौद्ध धर्म गुरुहरूले भूमि पूजाका क्रममा विहारको जग खनेका छन् । भूमिपूजासँगै निर्माणको काम धमाधम अगाडि बढ्नेछ । विहारलाई १८ महिनाभित्र पूरा गर्नुपर्ने चुनौति छ ।

    भारतको ठूलो निर्माण कम्पनी एसीसी ईण्डिया र नेपालको गोरखा बिल्डर्सले ज्वइन्ट भेञ्चरमा काम गर्न लागेका छन् । नेपाल पक्षको ठेकेदारमा प्रकाशकुमार श्रेष्ठ, प्रवीणराज शाक्य, ई.शिवहरि अर्याल रहेका छन् । लुम्बिनीमा भूमि पूजाको अनुष्ठानका साथै भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्र (आईआईसीबीसीएच)को निर्माण औपचारिक रूपमा शुरू भएको छ ।

    लुम्बिनी परिसरभित्र बौद्ध भिक्षुहरूको उपस्थितिमा गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा भूमि पूजा गरिएपछि कामको शुरुवात भएको छ । भारतीय प्रधानमन्त्री मोदीले सन् २०२२ मा लुम्बिनीको यात्राका क्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबासँग बौद्ध केन्द्रको निर्माणको आधारशिला राखेका थिए । आधारशिला राखेको एक वर्षपछि शून्य कार्बन उत्सर्जनको माध्यमबाट अत्याधुनिक संरचना निर्माणको कार्यको औपचारिक प्रक्रिया शुरु भएको छ ।

    अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी)का महासचिव डा.धम्मपियाले अन्य भिक्षुहरूसँग भूमि पूजामा भाग लिएका छन् । डा.धम्मपियाले भूमि पूजामा सरिक हुन पाउँदा निकै खुशी लागेको बताएका छन् । डा.धम्मपियाले भने, ‘हामी आज धेरै खुशी छौं । नेपालको लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्रको निर्माण शुरू हुन लागेको छ ।’ डा.धम्मपियाले भनेका छन्, ‘हामी सबैलाई जानकारी छ, भारत–नेपालबीचको आध्यात्मिक र सांस्कृतिक सम्बन्ध २६०० वर्ष पुरानो हो ।’

    ‘मुख्य केन्द्र नेपाल र भारतका नागरिकबीच भाइचारा, सदभाव र सह–अस्तित्वमा रहेको छ’, धम्मपियाले भने, ‘हामी नेपाल सरकार र नेपालका नागरिक तथा नेपालका बौद्धका अनुयायीहरूप्रति छौँ । भारतलाई पनि गौतम बुद्ध जन्मिएको स्थानमा बौद्ध संस्कृति र विरासतका लागि अन्तर्राष्ट्रिय केन्द्र बनाउन दिनुभएको छ ।’

    अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी), नयाँ दिल्ली आईबीसी र एलडीटीबीच मार्च २०२२ मा सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार लुम्बिनी विकास कोष (एलडीटी)द्वारा भारतद्वारा बनाउन लागिएको संरचनामा निर्माणको देखरेख गरिरहेको छ ।

    ‘भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्र लुम्बिनीमा बनाउन लागिएको छ । भगवान बुद्धको जन्मस्थलमा छिटै एउटा केन्द्र प्राप्त हुन लागेको छ । जहाँ बुद्धसँग जोडिएका सबै जानकारी उपलब्ध हुनेछ । यो कार्यले दुई देशबीचको सम्बन्ध अझै मजबूत र गहिरो हुनेछ । बौद्ध संस्कृति र परम्पराको प्रचार र संरक्षणमा सक्रिय भूमिका खेल्नेछ’, आईबीसीको कार्य समितिका सदस्य डुप्टेन जिगडोलले भनेका छन् ।

    निर्माण हुन लागेको केन्द्रमा विश्वस्तरीय सुविधा हुनेछ । जसमा बौद्ध धर्मको आध्यात्मिक कुरामा आनन्द लिन दुनियाँभरिबाट आउने तीर्थयात्री र पर्यटकलाई स्वागत गर्नेछ । फक्रिएको कमलको फूलको आकारमा अत्याधुनिक भवन बन्नेछ । आधुनिक भवनमा ऊर्जा, पानी र अपशिष्ट प्रबन्धका विषयमा नेटजीरोको मापदण्ड अनुरूप हुनेछ । भवनमा प्रार्थना कक्ष, ध्यान केन्द्र, पुस्तकालय, प्रदर्शनी हल, कैफेटेरिया रहनेछ । भवनमा कार्यालय र अन्य सुविधा पनि हुनेछन् ।

    लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष अबधेश त्रिपाठीले लुम्बिनी मास्टरप्लान क्षेत्रभित्र गौतम बुद्धको पवित्र जन्मस्थानमा बौद्ध संस्कृति र विरासतका लागि भारतले अन्तर्राष्ट्रिय केन्द्रको निर्माणको वास्तविक शुरुआत गर्न लागेको बताए । परियोजनाका लागि अन्तर्राष्ट्रिय बौद्ध परिसंघद्वारा भारत–नेपाल संयुक्त उद्यम कम्पनी एसीसी–गोरखालाई दिइएको छ । केन्द्रको निर्माणका लागि एक अरब भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

    भूमिपूजा कार्यक्रममा पूर्वमन्त्री दिलमान पाख्रिन, लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष मेत्रिया शाक्यपुत्र अवदेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, कार्यबाहक उपाध्यक्ष कोषाध्यक्ष सिद्दिचरण भट्टराई, योजना प्रमुख ई.सरोज भट्टराई, लुम्विनी विकासकोष गुरु योजनाभित्र रहेका विभिन्न देशबाट निर्मित विहार मठ, मन्दिर, गुरु भिक्षुहरू, भिक्षु गुरुआमा श्रामनेर, आईबीसीका महासचिव डा.धम्मपीय, बज्रएण्ड विहारका डा.नरेशमान बज्राचार्य, आचार्य नार्बो शेर्पा, लुम्बिनी विकासका सबै पदाधिकारीहरू, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर, उप–मेयर, कपिलवस्तु नगर प्रमुख, सिद्धार्थनगरका नगर प्रमुख, स्थानीय पत्रकार, भारतीय राजदूतका प्रतिनिधिहरू, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीका डीएसपी, ईन्स्पेक्टर लगायत सुरक्षाकर्मी, निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लागूऔषध सहित सात जना पक्राउ

    गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर 

    रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष

    आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

    चिडियाखानामा पनि भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागूऔषध सहित सात जना पक्राउ

    गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर 

    रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया…

    अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन…

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    आर्थिक

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑