• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

    होमपेज /  प्रदेश

    सुदूरपश्चिममा सभामुख चयनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक, पार्टी भित्रै अन्यौलता

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ माघ २, सोमबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ६१६ पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयन अझै हुन सकेको छैन । निर्णायक भुमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीको तटस्थताका कारण शनिबार पनि उपलब्धि हात लाग्न नसकेको हो ।

    सभामुख चयनका लागि दुईपटक चुनाव हुँदा पनि कहिले आफ्नै पार्टीका नेता अनुपस्थित हुने त कहिले सत्ता समर्थक दल तटस्थ बस्दिदा सभामुख चयन हुन सकेको छैन ।

    संविधानमा प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनमा सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने उल्लेख छ । नेपालको संविधान २०७२ को धारा १८२ (१) मा भनिएको छ, ‘प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नेछन् ।’ सोमबार अर्थात् आज प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन पुगिसकेको छ । आज बस्ने भनिएको प्रदेश सभाको बैठक पनि आइतबार पोखरामा भएको हवाई दुर्घटनाका कारण सरकारले दिएको शोक विदाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

    मुख्यमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी शनिबार भएको दोश्रो चुनावमा तटस्थ बस्दा यो परिस्थिति उत्पन्न भएको एमालेका केही नेताहरुको धारणा छ । नाउपा भने मंगलबार हुने चुनावमा पनि तटस्थ बस्ने कि मत दिने भन्ने अन्यौलमा देखिएको छ । उक्त पार्टीका प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरी केन्द्रले गरेको निर्णय अनुसार के गर्ने भन्ने टुंगो लाग्ने बताउछन् । उनले संघीय सरकारलाई समर्थन गर्ने बेलाको छलफलमा माघीमा रेशम चौधरीलाई रिहा गरेर उपहार दिने वचन दिएर कार्यान्वयन नगर्दा शनिबार तटस्थ बस्नुपरेको बताउदै सरकारले आफ्नो माग पूरा गर्नुपर्ने बताए । नेता चौधरीले सोमबार ९आजै० आफ्नो पार्टीको केन्द्रिय बैठक बसेर जे निर्णय हुन्छ त्यही कार्यान्वयन हुने जानकारी दिए । उनले आज आफू गाउँमा भएकाले प्रदेश संसदीय दलको बैठक नबस्ने बताए ।

    यता नाउपाका महासचिव रतन थापाले प्रदेश संसदीय दलको बैठक बसेर निर्णय हुने दाबी गरे । तर प्रदेश संसदीय दलका नेताले दिएको जानकारी बताएर प्रश्न गर्दा आफू गाउँमा भएको र अहिलेसम्म छलफल नभइसकेकाले छलफल भएपछी मात्र जानकारी गराउने बताए । प्रदेश संसदीय दलका नेता र पार्टीका महासचिवको कुरालाई केलाउँदा अझै अन्यौलता कायमै रहेको स्पष्ट हुन्छ ।

    यदि नागरिक उन्मुक्ति पार्टी तटस्थ बसिरहने हो भने प्रदेश सभा सभामुखबिहिन हुने खतरा बढेको छ । नेपाली काङ्ग्रेस १९ (एक जेष्ठ सदस्यले सभाको नेतृत्व गरिरहेकाले १८), एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसदसहित प्रतिपक्षको मत २३ छ भने नाउपा तटस्थ बस्दा एमाले-माओवादीको मत २२ मात्र छ ।

    नेपाली काङ्ग्रेसका नेता एवं प्रदेश सांसद मेघराज खड्काले पुस २८ गते पहिलो बैठक बसिसकेका कारण संवैधानिक जटिलता नरहेको बताउदै अबको निकासको रुपमा दुईवटा मात्र विकल्प भएको बताएका छन् । उनले एक सरकारले अविलम्ब नाउपाको माग पूरा गर्ने अर्को नाउपाले समर्थन गरेको दलसँग अलग भएर नेपाली काङ्ग्रेससंग मिल्नुपर्ने । तर यी दुईवटै विकल्प असम्भव जस्तै छन् ।

    प्रदेश सभामा सभामुख चयनका लागि पुस २८ मा पहिलो बैठकमा सत्ता पक्षबाट माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारीले २६ पाउँदा र विपक्षीबाट नेपाली काङ्ग्रेसका मानबहादुर रावलले २३ मत पाएका थिए भने शनिबार ३० गते भएको दोश्रो चुनावमा नाउपाको तटस्थताले सत्ता पक्षले २२ र काङ्ग्रेसका एक सांसद माघी मनाउन गाउँ गएकाले २२ मत पाएका थिए । नागरिक उन्मुक्ति पार्टीले के निर्णय गर्छ त्यसैले सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउने वा नपाउने निर्धारण गर्नेछ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

    विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

    कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

    कर्णालीका दर्जनौं पुल र सडक स्तरोन्नतीका आयोेजना अलपत्र

    सुर्खेतमा बहुबिषयक अन्तरराष्ट्रिय सम्मेलन आजदेखि

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑