सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस २५ । नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी गण्डकी प्रदेशको मु्ख्यमन्त्रिमा नियुक्त भएका छन् ।
अधिकारीले आजै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ ९३३ जना०को समर्थनमा अधिकारीले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्नु भएको हो ।
केन्द्रीय सत्तारुढ दलमा आइतबार बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई थियो ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् ।
उनलाई आजै शपथ ख्वाउने तयारी गरीएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा