सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार प्रदेशसभाको बैठकमा उपस्थित ३५ जना सांसदमध्ये कँडेलको पक्षमा २३ जनाले विश्वासको मत दिएका थिए। उनको विपक्षमा भने १२ जना संसादले मत हालेका थिए।
कांग्रेस संसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक जना तटस्थ बसेका थिए। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए ।
प्रदेश सभाका सभामुख नन्दा गुरुङले तत्काल कायम रहेको संख्याको बहुमत सांसदले विश्वासको मत दिएकाले मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरिन्।
मुख्यमन्त्री कँडेललाई एमाले, माओवादी र एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा