यज्ञराज उपाध्याय सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर, मंसिर ८ । कैलालीको क्षेत्र नं. १ मा पनि नागरिक उन्मुक्ति पार्टीको जित सुनिश्चित भएको छ ।
खसेको जम्मा ६४ हजार ३३२ मतमध्ये प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५५ हजार ७२३ मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई १० हजार ४३७ मतको अग्रता छ ।
हालसम्मको गणना अनुसार नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले २६ हजार १५५ मत ल्याएका छन् भने उनलाई गठबन्धनबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका राम जनम चौधरीले १५ हजार ७१८ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा (एमाले) का तपेन्द्र रावलले ५ हजार २३९ मत ल्याएका छन् भने २ हजार ९१० मत बदर भएका छन् ।
अब गणना हुन ८ हजार ६०९ मत बाँकी छ । त्यसैले पनि प्रतिनिधि सभामा नागरिक उन्मुक्ती पार्टीले विजयको झन्डा फराउने निश्चित छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आजै अन्तिम नतिजा आइसक्नेछ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा