यज्ञराज उपाध्याय सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली । कैलाली क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा र दुईवटै प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।
प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले मंगलबार नै विजयी हासिल गरिसकेकोमा प्रदेश सभाको मतगणना पनि बुधबार सकिदा सोही दलका उम्मेदवार निर्वाचित भएका हुन् ।
प्रदेश सभा (क) मा घनश्याम चौधरीले १३ हजार ९२३ मत ल्याएर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५७२ मत ल्याएका हुन ।
त्यस्तै प्रदेश सभा (ख) मा खुशीराम चौधरीले ७ हजार ५३९ मत ल्याउदै विजय भएका छन । उनका प्रतिद्वन्दी नेकपा (एकीकृत समाजवादी) का अमर साउँदले ६ हजार ६१९ मत ल्याएका हुन ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा