• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    होमपेज /  मुख्य समाचार

    टीकापुरका सार्वजनिक शौचालयको बिल्लिबाठ

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र १६, बिहिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५०० पटक पढिएको
  • काठमाडौं । जोशिपुरका अभिमन्यु चौधरी काम विषेशले टीकापुर आएका थिए । चर्को घामले पसिनापसिना भएका उनलाई शौच लाग्यो । कता जाउँ अलमलमा परे । भानु चोकभन्दा अलि अगाडी सार्वजनिक शौचालय जाँदा त्यो बन्द देखे । अब कता जाने आपत पर्यो उनलाई । नजिकै पसलमा यता शौचालय कता छ भनेर सोध्दा अन्नपूर्ण रेष्टुरेन्टमा छ भन्ने जानकारी पाएपछि त्यतै हानिए तर त्यता केही खाजा नखाएर सित्तैमा शौच कसरी गर्ने आफै द्विविधामा परे । रेष्टुरेन्टमा गएर खाजा अर्डर गरे र टोइलेट कता छ भनेर सोधे अनि वेटरले देखाएअनुसार शौचालय गए ।

    उनी एक प्रतिनिधि पात्र मात्र हुन, टीकापुरमा सार्वजनिक शौचालय हुँदाहुँदै पनि त्यसको व्यवस्थापन र सञ्चालन हुन नसक्दा यसरी कैयौंले समस्या भोग्नुपरिरहेको छ । शौचालय गर्न मात्र कुनै होटेल वा रेष्टुरेन्ट छिर्नुपर्ने बाध्यताले समय र रुपैयाँ दुइटै बढी खर्च हुने चौधरी बताउछन् ।

    “बजार गएको बेला अकस्मात टोइलेट लाग्यो भने कता जाने, के गर्ने भन्ने हुन्छ । सार्वजनिक शौचालय सबै बन्द छन्, कसैले आफ्नो निजी शौचालय प्रयोग गर्न दिने कुरा भएन अनि होटेलको शौचालय गए केही खाजा खानैपर्छ,” उनले भने, “नगरपालिकाले व्यवस्थापन गरेर भएका शौचालय मात्र पनि सञ्चालन गरिदिएको भए यहीँका व्यापारी लगायत बाहिरबाट बजार आउनेलाई सहज हुन्थ्यो ।”

    अस्पताल नजिकै ल्याबमा काम गर्ने बाधुराम डगौरा थारुको समस्या पनि यस्तै छ । उनी कहिले अस्पतालको शौचालय जान्छन् त कहिले चिया खाने बहानामा होटेल । “मलाई भन्दा पनि प्रायः जसो बाहिरबाट आउनेहरु बढी मर्कामा परेको देख्छु । साथै बजारमा व्यवसाय गरिरहेका व्यापारी पनि त्यत्तिकै मर्कामा छन् । सबै पसलमा शौचालयको व्यवस्था हुँदैन, बाहिर जानैपर्छ । सार्वजनिक शौचालय सञ्चालन भइदिएको सबैलाई सजिलो हुन्थ्यो,” डगौरा भन्छन्, “एक जना कर्मचारी राखेर उचित व्यवस्थापनका साथ मूल्य तोकेरै शौचालय सञ्चालन गर्ने हो भने पनि त्यसबाट उठेको पैसाले नै त्यो कर्मचारीलाई पुग्छ तर नगरपालिकाले यसमा ध्यानै नदिनु नराम्रो कुरा हो, चुनावको समयमा सबै गर्छु भन्ने जितेपछि ध्यानै नदिने ।”

    मनसुन कम भएपछि सार्वजनिक शौचालय सञ्चालन गर्ने विषयमा छलफल भईरहेको टीकापुर नगरपालिकाका उपप्रमुख खडक बहादुर शाहले जानकारी दिए । हाटबजार अगाडिको खानेपानीको शौचालय, यता खुल्ला ग्राउन्डको खानेपानीको शौचालय पनि प्रयोगमा ल्याउने, जिर्ण भएको शौचालय भत्काउने र बाँकी अन्य शौचालयको सरसफाइ गरेर छिट्टै सञ्चालनमा ल्याउने शाहले बताए । “अहिले मनसुनको समय भएकाले सञ्चालनमा ल्याउन सकिएन मनसुन सकिएपछी सबै सार्वजनिक शौचालयको मर्मतसम्भार, सरसफाइदेखि व्यवस्थापन गरेर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ,” उनले भने, “हाटबजारको खानेपानीको शौचालय, यता ग्राउन्ड नजिकको खानेपानीको शौचालय पनि सुचारु गर्ने, जिर्ण शौचालय भत्काइदिने अनि शौचालय पनि सञ्चालन गर्छौं ।”

    सार्वजनिक शौचालय व्यवस्थापन एवं सञ्चालनमा बजेट नभएको तर यताउतीबाट गरेर सञ्चालन गरिने शाहले बताए । अहिले टीकापुर बजारमा रहेका तीन वटै सार्वजनिक शौचालय बन्द छन् । एउटा शौचालय त जिर्ण अवस्थामा छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड…

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑