• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    होमपेज /  मुख्य समाचार

    महेश बस्नेतलाई चुनौती दिदै दुर्लभ थापा भन्छन् – ‘अब जित्ने पालो कांग्रेसको’

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र १, बुधबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १२३१ पटक पढिएको
  • काठमाडौँ, १ भाद्र । नेपालको सर्वाधिक मतदाता भएको भक्तपुरको क्षेत्र नम्बर २ मा चुनावी माहोल तात्तिएको छ । पुर्वमन्त्री महेश बस्नेतको क्षेत्रसमेत भएकाले यसलाई अझ बढी चासोका साथ हेरिएको छ ।

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा छन यद्यपि पार्टीले कसलाई टिकट दिन्छ पछि थाहा होला । थापा पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिन्छन् ।

    यहि विषयमा जिल्ला सभापति थापाले सेतोखबरसँगको कुराकानीमा यो पटक क्षेत्र नम्बर २ बाट आफुले टिकट पाउने र जित्नेसमेत दाबी गरे । २०४८ सालदेखि २०७४ सम्मका ६ वटा चुनावमा कांग्रेस तीनपटक जितेको र तीनै पटक हारेकाले अब जित्ने पालो कांग्रेसको रहेको थापा बताउछन् । “यो पटक जित्ने पालो कांग्रेसको हो र जित्छ पनि,” उनले भने “शेरबहादुर दाइले एक वर्ष अगाडी दुर्लभ थापालाई हराएर देखाउ भन्दै महेश बस्नेतलाई चुनौती नै दिनुभयो, २०७४ मा झुक्किएर अर्काले टिकट पाउँदा हार्नुपर्यो अब दुर्लभ थापाले पाउँछ र जित्छ ।”

    २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका तर्फबाट उम्मेदवार रहेका महेश बस्नेतले शानदार जित हात पारेका थिए । बस्नेतले करिब १८ हजार मतान्तरले प्रतिद्वन्दी नेपाली कांग्रेसका दमन नाथ ढुंगानालाई पराजित गरेको थिए ।

    सभापति थापाका अनुसार त्यतिबेला एमाले-माओवादी गठबन्धन भएकाले पनि बस्नेतले जितेका हुन् । अहिले नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरेरै जित्ने थापाको दाबी छ । “गठबन्धन र कांग्रेसले टुरिष्ट उम्मेदवार उठाएकाले बस्नेतले जिते,” उनले सेतोखबरसँग भने “तर यो पटक नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरेरै एक्लै लडे पनि जित्छ ।”

    चुनावी माहोल बढीरहेको बेला थापाको भनाई स्वभाविक हो एक नेताका हिसाबले । क्षेत्र नम्बर २ नेपाली कांग्रेसको राम्रै पकड भएको क्षेत्र हो । २०४८, ०५७, ०७० गरि तीनपटक जितेको कांग्रेसले २०५१, ०६४ र ०७४ मा हार बेहोर्यो । मध्यपुर ठिमी र सुर्यविनायक गरि दुईवटा नगरपालिका भएको यस क्षेत्रमा पहिलो स्थानीय तहको निर्वाचनमा एमालेले दुईवटै नगरपालिकामा जितेको थियो तर बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले सुर्यविनायक नगरपालिकामा मात्र जित्यो भने मध्यपुर ठिमी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनले जित्यो ।

    क्षेत्र नम्बर २ मा महेश बस्नेतले सडक, पुलपुलेसा निर्माण लगायत सामाजिक काममा सक्रियता देखाएको प्रसंग निकाल्दा बस्नेतले आफ्नो कुन जग्गा बेचेर बाटो बनायो भन्दै झर्किए ।   उनले महेश बस्नेतले आफ्नो जग्गा बेचेर भक्तपुरको विकास नगरेको भन्दै जनताको करको पैसाले काम भएको बताए ।थापाले विकासको पर्याप्तता भएपनि जति गर्न सकिने हो त्यति महेश बस्नेतले गर्न नसकेको दाबी गरे । यसपटक जनताले साथ दिए बस्नेतको भन्दा देखिनेगरी भक्तपुरको मुहार फेर्नै थापाको अठोट छ ।

    एमाले आफै टुटफुटले गर्दा पनि अलि कमजोर बनेको एमालेकै स्थानीय नेताहरु बताउँछन् । २०७९ को स्थानीय निर्वाचनमा मध्यपुर ठिमीको प्रमुखमा नेकपा एमालेका मदन सुन्दर श्रेष्ठ पराजित भएपछि महेश बस्नेतले उमेदवार गलत छनौट गर्दा हार ब्यहोरेको बताएका थिए ।

    जिल्ला सभापति दुर्लभ थापा पनि टिकटको लबिङ देखि चुनावको तयारीमा देखिन्छन् । तर, गठबन्धनका कारण कुनचाँही आकांक्षीको पल्लाभारी हुने हो त्यो चाहि हेर्न वाँकि छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड…

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑