सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पमकल दाहालको सचिवालयमा अहिले उनका छोरा प्रकाश दाहालका कारण नयाँ लफडा सिर्जना भएको छ । कुरा सामान्य नै हो– सचिवालयमा एकजना कर्मचारी राख्नुपर्ने । तर, त्यसमा ल्याउन लागिएका पात्रका कारण दाहालकी तेस्री पत्नी बिना मगर सशंकित बनेपछि यत्तिकै रोकिएको छ ।पर्वतका मनहरि तिमिल्सेनाले उपसचिव तहको नियुक्ति छाडेर बाहिरिएपछि सीएम प्रचण्ड डट कम, फेसबुक र ट्विटर अद्यावधिक गर्ने एकजना पत्रकार पृष्ठभूमिको मान्छे चाहिएको छ । त्यसका लागि प्रकाश दाहालबाट प्रस्ताव गरिएको पात्र महिला पर्नुलाई बालुवाटारमा स्वाभाविक मानिएको छैन ।
दुई वर्षअघि तेस्री पत्नीका रूपमा बिना मगरलाई भिœयाएका उनले त्यस्तै बानी पुनरावृत्ति गर्न लागे कि भन्ने त्रास बिनालाई मात्र होइन, आमा–बासम्म पनि पुगेको छ ।प्रकाश स्वयंको लगानीमा उजिर मगरहरूले सञ्चालन गरिरहेको एभरेस्ट दैनिक डट कममा कार्यरत महिलालाई टिमको सदस्य भन्दै बालुवाटार भित्र्याएर प्रकाशले एक सातादेखि गरेको प्रयास सफल हुन सकेको छैन ।स्रोतका अनुसार प्रकाशसँगको राम्रो मित्रताका कारण अरू पनि सरकारी नियुक्तिमा काम गरिरहेकी ती महिलाले पनि बालुवाटार जाने इच्छा राखे पनि झगडा हुने डरले यत्तिकै थन्किएको छ ।
बेला–बेलामा प्रकाश ‘लौ न, एकजना मान्छे राख्नुप¥यो, फेसबुक, ट्वीटर अपडेट नै भएन’ भनिरहन्छन् । चाहिँदैन त कसैले भनेको छैन, तर हुन्छ भन्नासाथ उनले तिनै महिलाको नाम लिने भएकाले कसैले जवाफ दिने गरेको छैन ।नुवाकोटकी प्रभा बोगटीसँगको पहिलो विवाह टुंग्याएर पोखराकी सिर्जना अधिकारीसँग प्रकाशले मागी विवाह गरेका थिए । उनीबाट एक छोरा जन्मेपछि बेवारिसे छाडेर कञ्चनपुरकी बिना मगरसँग दिल्लीतिर भागेका थिए, खबर बुधबार साप्ताहिकमा छ ।अहिले बिनाबाट पनि एक छोरा छन् । सुनाकोठीतिर अपार्टमेन्ट लिएर बसे पनि दुई महिनाअघि आमा सीता दाहाल बिरामी भएयता उनीहरू त्यही बेलादेखि बालुवाटार बस्दै आएका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा