• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / सेतोखबर बिशेष

    पूर्वी र पश्चिम भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक खण्ड अब दैनिक ६ घण्टा बन्द हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ८, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    चितवन- राजधानीलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको नारायणगढ-मुग्लिन सडक खण्ड आउँदो चैत १५ गते मंगलबारदेखि दिनहुँ छ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डलाई एशियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सञ्चालन भइरहेको छ। सो क्रममा अहिले पनि दिनहुँ दिउँसो साढे चार घण्टा सडक पुर्ण रुपमा बन्द हुने गरेको छ।नारायणगढ मुग्लिन सडक आयोजनाले सोमबार सुचना जारी गर्दै आउँदो हप्ताबाट सडक बन्द हुने समय बढ्ने जानकाकरी दिएको हो। सूचनाअनुसार चैत १५ गतेबाट सो सडक खण्डमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी चल्न रोक लाग्ने छ। अहिले सो सडकमा बिहान साढे १० बजेदेखि दिउँसो तीन बजे अर्थात दैनिक साढे चार घण्टा बन्द हुँदै आएको छ।

    ‘चैत १५ गतेदेखि अर्को सूचना नआउँदासम्म सडक छ घण्टा बन्द हुनेछ,’ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने। सडक विस्तारको काम चली रहेका कारण गाडी बन्द गरेर निर्माण कार्यलाई तिब्रता दिनुपरेको आयोजना कार्यालयले जनाएको छ।’सो समयमा वैकल्पिक सडकबाट जानसक्ने गाडीहरुलाई उतैबाट जान हामी अनुरोध गर्दछौं,’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने। काम हुँदै गरेका कारण बन्दका बेलामा साना गाडीहरुसमेत छिर्न गाह्रो हुने अवस्था छ। एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका गाडीहरु विशेष व्यवसस्था गरेर पार लगाउने गरेको अधिकारीहरु बताउँछन्।

    वैकल्पिक मार्गमा काठमाडौंबाट पूर्व जान आउनका लागि बनेपा बर्दिवासको बीपी राजमार्ग, हेटौंडा नौं बिसेको त्रिभुवन राजपथ छन्। तर यी मार्ग ठूला र मालबाहक गाडीका लागि उपयुक्त छैनन्। त्यस्तै पश्चिम जान आउनका लागि मुग्लिनबाट पोखरा हुँदै सिद्धार्थ राजमार्गबाट स्याङ्जा बुटवल निस्कन सकिन्छ। तर यो बाटो पनि खासै राम्रो छैन र दूरी पनि लामो छ।यसअघि निर्माणधीन नारायणगढ-मुग्लिन सडक पुस सात गतेबाट बिहान ११ बजेदेखि तीन बजेसम्म अर्थात् चार घण्टा बन्द हुने गरेको थियो। त्यस्तै पुस १९ गतेबाट थप आधा घण्टा अर्थात् बिहान साढे १० बजेदेखि तीन बजेसम्म बन्द हुँदै आएको थियो। गत वर्ष माघमा पनि यसरी नै बन्द गरेर सडक निर्माण गरिएको थियो। जुन समय वर्षा सुरु भएपछि मात्रै हटेको थियो।

    यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको हो। सो बेला भएको सम्झौताअनुसार निर्माणको काम दुई वर्षपछि अर्थात् यसै महिना पूरा हुनु पर्ने थियो। तर अहिलेसम्म जम्मा ४१ प्रतिशतमात्रै काम भएको आयोजना प्रमुख यादवले बताए।सोचेअनुरुप काम हुन नसकेको भन्दै निर्माण कम्पनी र सडक आयोजनाका अधिकारीहरु सडक बन्द गर्ने समय लम्ब्याउन चाहन्छन्। उनीहरुले चार घण्टाको समय कम भएको भन्दै आएका थिए। तर राजधानीलाई जोड्ने मुख्य मार्ग भएका कारण चाहे अनुरुप सडक बन्द गर्न पनि अफ्ठ्यारो छ।

    ‘हामीसँग निर्माण कम्पनीले दैनिक आठ घण्टा बाटो पूरै बन्द भए राम्रोसँग काम गर्न पाइन्थ्यो भन्दै आएका छन्। आयोजनाको तर्फबाट पनि छ घण्टासम्म बन्द गर्न पाए ठीकै हुने थियो भन्ने लागेर त्यहीअनुरुप समय मिलाएको हो,’ नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने।सडक निर्माण सम्पन्न हुने अवधि आउँदो डिसेम्बरसम्म थप भएको छ। भूकम्प, नाकाबन्दीलगायतका कारणहरु देखाउँदै आठ महिना समय थप भइसकेको छ। तर पनि काम निकै सुस्त हुने गरेको छ। तर थप भएको समयमा पनि निर्माण पुरा हुनेमा आशंका नै छ। सो सडक निर्माण पुरा हुन कम्तिमा एक वर्ष ढिला हुने अधिकारीहरुले अनौपचारिक रुपमा आफ्ना धारणाहरु राख्ने गरेका छन्।नारायणगढमुग्लिन सडक ३६ किलो मिटर लामो छ। त्यसमध्ये ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ। नेपाल भारत क्षेत्रीय व्यपार तथा यातायात आयोजना अन्तर्गत विश्व बैंकको करिब तीन अरब रुपैयाँ ऋण सहयोगमा विस्तारको काम हुँदै गरेको हो। पहिला एक घण्टामा पार हुने सो सडक अहिले कम्तीमा तीन घण्टा लाग्ने गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑