सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । कैलालीमा कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बर्दियाकी कोरोना संक्रमित ११ बषीय बालिकाको सम्पर्कमा आएका ९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरु सबै गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँका हुन् । मजगाउँबाटै थप ३८ जनाको समेत थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा परीक्षण बाँकी रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।
मजगाउँबाट दुई दिनमा एक सय ३४ जनाको नमुना संकलन गरिएको थियो । बर्दियाको राजापुर नगरपालिका ५ घर भएकी बालिकामा सोमवार कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरिएको थियो ।
ति बालिका कैलालीको गोदावरी नगरपालिकामा एक महिना भन्दा लामो समय र भजनी नगरपालिकामा ५, ६ दिन बसेर बर्दिया फर्किएकी थिईन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा