• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

      सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

      साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

      धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

      शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

      सुनचाँदीको मूल्य बढ्यो

      लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

      भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

      सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

      चार वटा संसदीय समितिको बैठक बस्दै

      मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

      रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      आज साउन महिनाको तेस्रो सोमबार

    होमपेज /  समाज

    निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ बैशाख ११, बिहिबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८८ पटक पढिएको
  • काठमाडौं । पाँच वर्षअघिको भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न भएको र थप एक लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनःनिर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत प्रगति भएको जनाएको हो ।

    विसं २०७२ वैशाख १२ गतेको भूकम्पको पाँच वर्ष पूरा हुन दुई दिनअघि बुधबार विज्ञप्ति जारी गरी प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या पाँच लाख ६१ हजार ६५० अर्थात् ७२ प्रतिशत पुगेको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले गर्दा नै नेपालको पुनःनिर्माण र पुनःस्थापनाबारे आत्मविश्वास र गौरवका साथ प्राप्त उपलब्धि, अनुभव र सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेको बताए ।

    हाल कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि बन्दाबन्दी जारी रहेको उल्लेख गर्दै त्यसले गर्दा पुनःनिर्माणका काममा असर परेको प्राधिकरणले जनाएको छ । निजी आवास पुनःनिर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको र प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।

    प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कूल सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ अर्थात् ७४ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४९२ अर्थात् २० प्रतिशत विद्यालय पुनःनिर्माणको चरणमा छन् । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामध्ये ४०२ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । १४१ सम्पदा पुनःनिर्माणको क्रममा छन् । काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १७० सम्पदामध्ये १०१ अर्थात् ५९ प्रतिशत सम्पन्न भएका छन् । बाँकी ५४ अर्थात ३२ प्रतिशत पुनःनिर्माणको क्रममा छन् ।

    कूल एक हजार १९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ स्वास्थ्य संस्थाको पुनःनिर्माण सकिएको छ । एक सय ४५ पुनःनिर्माणको चरणमा छन् । सम्पन्न भएका र पुनःनिर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको छ । कूल ४१५ सरकारी भवनमध्ये ३४९ अर्थात् ८४ प्रतिशत सरकारी भवनको पुनःनिर्माण सम्पन्न भइसकेको छ । ४९ पुनःनिर्माणको चरणमा छन् । तीमध्ये धेरै सम्पन्न हुने चरणमा छन् । सुरक्षा निकायका १९४ संरचनाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने २२ पुनःनिर्माणको चरणमा छन् ।

    भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये चार हजार २०४ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । आठ हजार ७४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनःनिर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार ४३ एकीकृत बस्तीको योजना स्वीकृत भएको छ भने नौ एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भइसकेको छ । २७ वटाको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) स्वीकृत भइ निर्माणाधीन छन् । कूल ७९ वटा एकीकृत बस्ती पुनःनिर्माणको प्रक्रियामा छन् । विभिन्न जिल्लामा ७६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ४४३ किमी सडकको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३१९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा छ । खानेपानी विभागमार्फत एक हजार खानेपानी योजना सम्पन्न भएका छन् भने १०० खानेपानी योजना कार्यान्वयनका चरणमा छन् ।

    पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट रु तीन खर्ब नौ अर्ब र गैरसरकारी संस्थामार्फत रु ७२ अर्ब गरी रु तीन खर्ब ८१ अर्ब खर्च भएको छ । प्राधिकरणले साढे वर्षका बीचमा राजनीतिक अस्थिरता, दक्षिणी सीमामा भएको नाकाबन्दी, जनशक्ति र वित्तीय स्रोतको अभाव, भौगोलिक विकटता, सङ्घीयता कार्यान्वयनको सङ्क्रमणकालीन अवस्था, तीन तहका सरकारको निर्वाचनमा केन्द्रित हुनुपरेको अवस्था, कर्मचारी समायोजनजस्ता समस्या तथा चुनौती सामना गर्दै पुनःनिर्माण र पुनःस्थापनामा उपलब्धि हासिल भएको जनाइएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र…

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा…

    साउनको तेस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरसहित)

    धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑