सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १९ । आज साताको चौँथो दिन बजारमा सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य घटाएको जनाएका छन् ।
यसैक्रममा बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस १५ सय डलरमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा