सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ बैशाख । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला ५ सय रुपैंयाले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा