सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बंग्लादेश र श्रीलंका बिच यहाँ विश्वकप २०१९ को प्रतिस्पर्धा बर्षाको कारण रद्ध भएको छ । गएको केही घण्टादेखी ब्रिस्टलमा भारी बर्षा भईरहदा यो म्याचलाई रद्ध गर्नु परेको थियो ।
आधिकारीक रुपमा म्याच रद्ध भए पश्चात बंग्लादेश र श्रीलंकाली टिमले एक–एक अंक पाएका छन् । श्रीलंकाली टिमको लागी यो दोस्रो पटक हो जब उसको विश्वकप २०१९ को म्याच रद्ध भएको छ । यो भन्दा पहिला पाकिस्तान विरुद्ध यही मैदानमा खेलीने म्याच रद्ध भएको थियो ।
बंग्लादेश विरुद्ध श्रीलंका म्याचको निर्धारित समयमा जब बर्षा भईरहेको थियो तब एक घण्टा पछि मैदानको अवलोकन लिनको लागी खबर आयो तर बर्षा भने रोकिएन । यही कारण एक पटक फेरी टसमा विराम लाग्यो । आइसीसी क्रिकेट विश्वकपको आधिकारीक ट्विटर ह्याण्डलको अनुसार, ब्रिस्टलमा बर्षा अहिले पनि जारी छ । यही कारण यो म्याचमा टस पनि हुन सकेन र म्याच रद्ध भयो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा