सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा, मङ्सिर २६ । रोल्पामा प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) पहिलो भएको छ ।
प्रत्यक्षतर्फ जीत हासिल गरेको माओवादी केन्द्रले पच्चीस हजार २६०, नेपाली काँग्रेसले चौध हजार ४१८ र नेकपा (एमाले)ले दश हजार २७१ मत प्राप्त गरेका छन् ।
जिल्लामा राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा(प्रजातान्त्रिक), एकीकृत राप्रपा(राष्ट्रवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा(माले), नेपाल परिवार दल, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशन मात्रै अस्तित्वमा रहे पनि मतदाताले ४७ दलको चुनाव चिह्नमा मतदान गरेका छन् । सत्तरी हजार ५७० मत खसेको रोल्पामा पन्ध्र हजार ७६६ मत बदर भएको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा