सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मङ्सिर २४ । प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी बिना मगरले सुरुवाती अग्रता कायमै गरेका छन् । कञ्चनपुर १ को पछिल्लो मत परिणाअनुसार एमाले र माओवादी केन्द्रकी साझा उमेदवार बिनाले २२ हजार ३९७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्धन्दी कांग्रेस दिवानसिहं विष्टले ११ हजार ५१५ मत प्राप्त गरेका छन् ।
कञ्चनपुर १ मा प्रदेशसभा (क) मा भने एमालेकी तारा तामाङले २० हजार १५ मतसहित विजयी भइसकेकी छन् । ताराकी प्रतिस्पर्धी कांग्रेसका गोपालसिंह गुरुङले ९ हजार २९० मत प्राप्त गरे ।
क्षेत्र नं. १ (ख) मा पनि एमालेकै कुलविर चौधरी ७ हजार ३२९ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका रामलाल रानाले ५ हजार ४४५ मत प्राप्त गरे ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा