सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , मङ्सिर २४ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उमेदवार बीना मगरले दोब्बर मतले अग्रता लिएकी छन् । मध्यान्ह १२ वजे सार्वजनिक गरिएको ताजा मत परिणाम अनुसार उनले नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टलाई १० हजार २६३ मत अन्तरले पछि पारेकी हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्डकी बुहारी मगरले २० हजार २६५ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी विष्टले १० हजार १२ मत प्राप्त गरेका छन् । कञ्चनपुर–१ मा ८८ हजार ०५९ मत खसेको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा