• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

      विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो

      मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता

      झापा–५ मा भारी मतले बालेन अगाडि

      रुकुमा पुर्वमा नेकपाका पुष्प कमल दाहाल ८,७४७ मतले विजयी

      झापा–५ मा भारी मतले बालेन अगाडि

      सर्लाहीका चारै क्षेत्रमा रास्वपाको अग्रता

      चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसक्दा कांग्रेस खुम्चियो : सह–महामन्त्री राणा

    होमपेज /  राजनीती

    निःशुल्क शिक्षा : दलहरुको निरन्तर चुनावी नारा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ कार्तिक २२, बुधबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १८३ पटक पढिएको
  • प्रकाश सिलवाल : काठमाडौँ,  कात्तिक २२ । स्थानीय तहदेखि संसदीय निर्वाचनमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क दिलाउने प्रतिबद्धता गर्न कुनै पनि दल चुकेका हुँदैनन् । कतिपय दलले त निःशुल्कका साथै अनिवार्य र गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने पनि भन्दै आएका छन् । nनयाँ संविधान जारी हुनुपूर्वका निर्वाचन वा अन्य सार्वजनिक घोषणामा प्रमुख दलहरुले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने प्रतिबद्धता राख्दै आएका छन् । यस पटकको चुनावी घोषणापत्रमा पनि ती विषय परेका छन् । नेपालको संविधानले शिक्षालाई मौलिक हकमा राखेर माविसम्मको शिक्षा निःशुल्क हुनुपर्ने र उक्त तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहले गर्ने भनेको छ ।

    विगतमा मावि तहसम्मको शिक्षा भन्नाले कक्षा १० सम्म मानिन्थ्यो । शिक्षा ऐन (आठौँ संशोधन) पछि विद्यालय क्षेत्र विकास कार्यक्रममा उल्लेख भएअनुसार कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा मानिन्छ । कक्षा ११ र १२ मा सरकारले शिक्षक दरबन्दीसमेत दिन सकेको छैन । कतिपय दलले अहिले पनि मावि तहसम्मको शिक्षा भन्नाले कक्षा १० सम्मकै शिक्षालाई आधार मानेको देखिन्छ । किनकी मावि (कक्षा १२) सम्म निःशुल्क गर्न सरकारको विद्यमान बजेटले भ्याउँदैन । हाल शिक्षा क्षेत्रमा कुल १० प्रतिशत बजेट हुँदा कक्षा १० सम्मको निःशुल्क शिक्षा व्यवस्थापन गर्न समेत चुनौती देखिएको छ । अर्काेतिर निःशुल्क शिक्षाभित्र के के पर्छ भन्ने पनि सरकारले स्पष्ट पार्ने गरेको छैन ।

    सामुदायिक विद्यालयले सम्पूर्णरुपमा निःशुल्क गर्दा आफूहरु चल्न नसक्ने भन्दै चन्दा वा परीक्षा शुल्क लिएका हुन्छन् भने संस्थागत (निजी) विद्यालयले आफूखुशी शुल्क लिइरहेका छन् । आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख दलहरुले घोषणापत्रमा निःशुल्क तथा अनिवार्य शिक्षा, गुणस्तरीय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, शिक्षामा पहुँच, मातृभाषामा शिक्षा, नयाँ शिक्षा नीति तर्जुमा, विद्यालय शान्ति क्षेत्र स्थापना, निजी विद्यालयको नियमन आदिमा जोड दिएका छन् ।

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनले राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणका लागि आगामी दुई वर्षभित्र परिमार्जित शिक्षा नीति लागू गरिने भनेको छ । गैरप्राविधिक विषयमा ३० प्रतिशत र व्यावसायिक तथा प्राविधिक विषयमा ७० प्रतिशत जनशक्ति विकसित गर्ने गरी शिक्षा नीति परिवर्तन गरिनेछ । तदनुरूप साधनस्रोतले युक्त पर्याप्त भौतिक संरचना निर्माण गरिने उसले जनाएको छ । माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्न शिक्षामा २० प्रतिशत बजेट दिने वाम गठबन्धनको प्रतिबद्धता छ ।

    “सार्वजनिक शिक्षामा लगानी वृद्धि र निजी लगानीलाई नियमन गर्दै दुईखाले शिक्षा प्रणालीमा रहेको विषमता हटाइनेछ । शिक्षालाई उत्पादन, श्रम एवं स्थानीय अर्थतन्त्र र स्थानीय रोजगारी वृद्धिसँग आबद्ध गरिनेछ ।” एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रमा भनिएको छ । नेपाली काँग्रेसले विद्यालयको प्राथमिक तहदेखि नै विभिन्न जाति, भाषा र संस्कृति तथा सांंस्कृतिक–ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धनसम्बन्धी शिक्षालाई अनिवार्र्य, मातृभाषामा प्राथमिक शिक्षा पाउने अधिकारको सुनिश्चिततालाई जोड दिएको छ ।

    “मुलुकभित्रै स्तरीय शिक्षा उपलब्ध गराउन सबै प्रदेशमा दक्षिण एशियालीस्तरको कम्तीमा एक विश्वविद्यालय स्थापना गरिनेछ ।” काँग्रेसको प्रतिबद्धतापत्रमा भनिएको छ । काँग्रेसले उच्च शिक्षामा उत्कृष्ट अंक ल्याई प्राविधिक एवं वैज्ञानिक विषयमा उच्च अध्ययन गर्न चाहेमा मधेशी, दलित, जनजाति, मुस्लिमलगायत अन्य सीमान्तकृत समुदायका महिला विद्यार्थीलाई मासिक निर्वाह भत्ताको व्यवस्था गर्ने घोषणा गरेको छ ।

    साथै, तराई–मधेशमा कक्षा ११ र १२ मा भर्ना हुने छात्रालाई साइकल किन्न सरकारले अनुदानसमेत दिने उल्लेख गरेको छ । विगतमा भएका शिक्षा सुधार वा उपलब्धिलाई काँग्रेसले आफ्नो नेतृत्वमा भएको दाबी गरेको छ । राष्ट्रिय योजना आयोगको विवरणअनुसार विद्यालय जाने उमेर समूहका बालबालिकाको भर्ना दर २०४८ मा ५० प्रतिशत रहेकामा २०७३ मा ९७ पुगेको, १५ देखि २४ वर्ष उमेरको साक्षरता दर ५० बाट ९० मा पुगेको कुरा काँग्रेसले महत्वका साथ प्रकाशित गरेको छ ।

    उक्त अवधिमा विभिन्न दलको नेतृत्वमा सरकार बनेकाले एकै दलले शिक्षा क्षेत्रका जस वा अपजस लिनसक्ने स्थिति भने देखिँदैन । राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाललगायतले पनि निःशुल्क शिक्षालाई जोड दिएका छन् भने मधेशकेन्द्रित दलले हालसम्म घोषणापत्र सार्वजनिक गरेका छैनन् । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    बालेनले कटाए १३ हजार भन्दा बढी मत

    मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर…

    सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

    रुकुम पूर्वबाट प्रचण्ड विजयी

    बालेनले कटाए १३ हजार भन्दा बढी मत

    सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

    सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑