• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

      रमेश खरेलद्वारा प्रधानमन्त्री बालेनलाई खतरनाक गिरोहको संज्ञा, रविलाई सरकार सम्हाल्न आग्रह

      आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

      राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्यो उद्धार

      डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

      महिलाको हत्यामा संलग्न चार जना पक्राउ

      गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही

      आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

      एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

      पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो, प्रधानमन्त्रीलाई जानकारी थिएन

      जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

      लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त 

      २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

      रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव 

    होमपेज /  समाचार

    आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १९, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ९ पटक पढिएको
  • काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ । हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिइँदै आएकोमा नेपालको प्रस्ताव स्वीकृत भए यो संख्या २० पुग्नेछ ।

    नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत उक्त प्रस्ताव अघि बढाएको हो । विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपालले थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा मान्यता दिन प्रस्ताव गरेको हो ।

    नेपालले अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेका हिमालमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिम छन् । प्रस्तावित हिमालमध्ये यालुङ काङको उचाइ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिणको ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्यको ८ हजार ४७३ मिटर, ल्होत्से मध्यको ८ हजार ४१० मिटर, ल्होत्से शारको ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिमको ८ हजार ७७ मिटर रहेको छ ।

    यी हिमाललाई छुट्टाछुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतारोहण क्षेत्रको पहिचान थप विस्तार हुने अपेक्षा गरिएको छ । साथै, नयाँ आरोहण गन्तव्य पहिचान हुँदा हिमाली पर्यटन, रोजगारी र स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने सरोकारवालाको भनाइ छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले नेपालका नयाँ तथा आरोहणयोग्य हिमालको पहिचान गरी अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने प्रयास भइरहेको बताए ।

    उनका अनुसार हिमालको उचाइ यकिन गर्ने, नामकरण गर्ने र स्थानीय तथा परम्परागत पहिचानलाई समेट्ने विषय यस प्रक्रियाका महत्वपूर्ण पक्ष हुन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि ती हिमाललाई आरोहणका लागि खुला गर्ने र त्यसको व्यवस्थापन व्यवस्थित बनाउने सरकारको तयारी रहेको उनले बताए ।

    ‘हाम्रा हिमाल आरोहणका लागि मुख्य आकर्षण हुन् । थप हिमालको पहिचान र प्रवद्र्धन गर्न सके पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्छ,’ आचार्यले भने ।

    उनले हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनेसँगै आरोहण अनुमति, पर्यटकीय पूर्वाधार र सुरक्षा व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । मौसमको पूर्वसूचनाका आधारमा आरोहीलाई आवश्यक जानकारी दिने तथा स्थानीय प्रहरी र सम्बन्धित निकायसँग समन्वय गरी आरोहण गतिविधिको अनुगमन गर्ने गरिएको उनको भनाइ छ ।

    अन्तर्राष्ट्रिय मान्यताका लागि नेपालको प्रयास

    नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतारोहण क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने बताए ।

    उनका अनुसार नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिएर आरोहण अनुमति जारी गर्दै आएपनि अन्तर्राष्ट्रिय समुदायले ती सबैलाई छुट्टाछुट्टै हिमालका रूपमा औपचारिक मान्यता दिइसकेको छैन ।

    ‘नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिएर आरोहण अनुमति जारी गर्दै आएको छ । ती हिमालमा आरोहीहरूले आरोहणसमेत गरिसकेका छन् । तर अन्तर्राष्ट्रिय समुदायले भने अझै त्यसलाई औपचारिक मान्यता दिएको अवस्था छैन,’ शेर्पाले भने ।

    थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए पर्वतारोहण गतिविधि विस्तार हुनुका साथै नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा बढ्ने उनको भनाइ छ । नयाँ हिमाल आरोहणका लागि खुला हुँदा स्थानीयस्तरमा होटल, यातायात, भरिया, गाइड तथा अन्य पर्यटन सेवामा रोजगारीका अवसर सिर्जना हुने उनले बताए ।

    ‘यसबाट नेपालको पर्वतारोहण गतिविधि विस्तार हुनुका साथै कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने र रोजगारीका नयाँ अवसर सिर्जना हुनेछन् । पर्वतारोहण क्षेत्रमा काम गर्न चाहने युवाका लागि पनि रोजगारीको बाटो खुल्नेछ,’ उनले भने ।

    नयाँ हिमालले स्थानीय अर्थतन्त्रमा अवसर

    शेर्पाका अनुसार थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए विशेषगरी कञ्चनजङ्घालगायतका हिमाली क्षेत्रमा पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ । सगरमाथा क्षेत्रमा पर्वतारोहण र पर्यटनका कारण आर्थिक गतिविधि बढेझैँ नयाँ हिमालको पहिचानले अन्य हिमाली क्षेत्रको पूर्वाधार, पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्न सक्ने उनले बताए ।

    उनका अनुसार मनास्लु, हिमलुङ, अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा र बरुञ्चेलगायतका हिमाल विदेशी पर्वतारोहीको रोजाइमा पर्ने गरेका छन् । पर्वतारोहीले आफ्नो अनुभव र क्षमताअनुसार सुरुमा ६ हजार र ७ हजार मिटरका हिमाल आरोहण गर्दै क्रमशः आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने लक्ष्य राख्ने गरेको उनले बताए ।

    तर, नेपालका सबै हिमाली गन्तव्यमा सहज यातायात पहुँच नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती रहेको शेर्पाको भनाइ छ । विशेषगरी पश्चिम नेपालका हिमालसम्म पुग्न कठिन र खर्चिलो रहेको उनले बताए । केही गन्तव्यसम्म पुग्न आन्तरिक हवाई यात्रामै करिब ९०० अमेरिकी डलरसम्म खर्च लाग्ने अवस्था रहेको उनको भनाइ छ । हिमाली गन्तव्यसम्म पुग्ने पहुँच सहज बनाउन सके नयाँ क्षेत्रको पर्यटन विकाससँगै स्थानीय बासिन्दाका लागि रोजगारीका अवसर सिर्जना हुने उनले बताए ।

    सगरमाथाबाट मात्र ६० प्रतिशत रोयल्टी

    नेपालमा हिमाल आरोहणबाट संकलन हुने कुल रोयल्टीमा सगरमाथाको योगदान मात्रै करिब ६० प्रतिशत रहेको पर्यटन मन्त्रालयका प्रवक्ता आचार्यले बताए । उनका अनुसार सगरमाथा आरोहणबाट प्राप्त हुने रोयल्टीले नेपालको पर्वतारोहण क्षेत्रको आम्दानीमा महत्वपूर्ण हिस्सा ओगटेको छ ।

    उनले चालु आरोहण सिजनमा सगरमाथाबाट कति रोयल्टी संकलन हुने भन्ने यकिन विवरण भने तत्काल उपलब्ध नभएको बताए । त्यसका लागि सम्बन्धित विभागबाट तथ्यांक लिनुपर्ने उनको भनाइ छ ।

    नेपालमा पछिल्लो समय हिमाल आरोहण तथा पदयात्राका लागि विदेशी पर्यटकको आकर्षण कायम रहेको आचार्यले बताए । विशेषगरी मनास्लु क्षेत्रलगायतका हिमाली गन्तव्य विदेशी पर्यटक तथा आरोहीका लागि आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ छ ।

    यद्यपि, पछिल्लो समय भएका विपत्तिका घटनाले नेपालको पर्यटन क्षेत्रमा केही नकारात्मक प्रभाव पारेको पर्वतारोहण संघका अध्यक्ष शेर्पाले बताए । उनका अनुसार विपत्तिपछि विदेशी पर्यटकको बुकिङमा करिब २० देखि ३० प्रतिशतसम्म रद्द भए पनि अपेक्षा गरिएभन्दा बढी पर्यटक नेपाल आएका थिए ।

    नेपालका हिमाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने प्रयाससँगै पहुँच, पूर्वाधार, सुरक्षा र प्रचारप्रसारमा लगानी बढाउन सके पर्वतारोहण पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ हिमाली क्षेत्रका स्थानीय समुदायसम्म विस्तार गर्न सकिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्यो उद्धार

    डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

    महिलाको हत्यामा संलग्न चार जना पक्राउ

    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही

    आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल प्रहरीको नेतृत्व परिवर्तन: दानबहादुर कार्की हटाइए; मनोज…

    प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    रमेश खरेलद्वारा प्रधानमन्त्री बालेनलाई खतरनाक गिरोहको संज्ञा, रविलाई…

    आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय…

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे…

    २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते…

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑