• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १९, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

      महिलाको हत्यामा संलग्न चार जना पक्राउ

      गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही

      आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

      एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा

      पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो, प्रधानमन्त्रीलाई जानकारी थिएन

      जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

      लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त 

      २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

      रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव 

      भक्तपुर पोटरी स्क्वायरमा माटोका पाला बनाउन भ्याइनभ्याइ (तिस्बरहरु)

      थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता

      नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

      प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भयो : कांग्रेस नेता आङ्देम्बे

    होमपेज /  समाचार

    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १९, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • पोखरा । संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ ।

    संघीयता कार्यान्वयनपछि आफ्नै बजेट र आर्थिक ऐन ल्याउँदै आएको प्रदेश सरकारले मंगलबार छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको हो ।

    विषेशगरी प्रदेशको आन्तरिक आम्दानी वृद्धि गर्ने, राजस्व संकलनलाई व्यवस्थित बनाउने र करको दायरा विस्तार गर्ने उद्देश्यसहित सरकारले छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो ।

    यसअघि राजस्व संकलन र खर्च व्यवस्थापन दुवै जिम्मेवारी आर्थिक मामिला मन्त्रालयले नै सम्हाल्दै आएको थियो। मन्त्रालयको कार्य बोझ घटाउँदै राजस्व संकलनलाई प्राथमिकताका साथ अघि बढाउन छुट्टै कार्यालय स्थापना गरिएको प्रदेश सरकारले जनाएको छ ।

    कार्यालयको स्थापनासँगै यसले करदाता सेवा, राजस्व संकलन सहजीकरण, कर परीक्षण, कर अनुसन्धान, चुहावट नियन्त्रण तथा राजस्व संकलन गर्ने निकायको अनुगमन गर्नेछ । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, ‘अघिल्लो आर्थिक वर्षमै यो कार्यालय स्थापना गर्ने तयारी गरिएका थियौँ । तर त्यस बेला प्रक्रिया अघि बढ्न सकेन । अहिले भने संगठन संरचना, कर्मचारी व्यवस्थापन, स्रोतसाधन र कार्य विभाजन टुङ्ग्याएर कार्यालय सञ्चालनमा ल्याएका छौँ ।’

    यस्तै उनले संघीय सरकारबाट प्राप्त हुने स्रोतमा मात्रै निर्भर रहेर प्रदेशको आर्थिक विकास सम्भव नहुने भन्दै प्रदेशलाई आत्मनिर्भर बनाउने हो भने आफ्नै आम्दानीका स्रोत पहिचान र विस्तार गर्नुपर्ने भएकोले यस कार्यालयको स्थापना गरिएको उल्लेख गरे । उनले भने, ‘आत्मनिर्भर प्रदेश निर्माण गर्ने लक्ष्य पूरा गर्न प्रदेशले आफ्नो आम्दानी बढाउन आवश्यक रहेकाले राजस्व संकलनका लागि मात्र डेडिकेटेड कार्यालय स्थापना गरिएको हो । यसले प्रदेशको आन्तरिक आम्दानी वृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउनेमा हामी विश्वस्त छौँ ।’

    उनका अनुसार गण्डकी प्रदेश स्थापना भएयता चार वटा बजेट घोषणा भइसकेको छ । तर सरकारले सोचे अनुरूपको राजस्व संकलन भने गर्न सकेको छैन । सरकारले लिएको लक्ष्यको ७० देखि ७५ प्रतिशत मात्रै राजस्व संकलन हुँदै आएको छ। चालु आर्थिक वर्षमा भने सरकारले ५ अर्ब ८४ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

    यो अघिल्लो वर्षको वास्तविक संकलनभन्दा करिब १ अर्ब ६६ करोड रुपैयाँ बढी हो । अर्थात् सरकारले एकै वर्षमा करिब ४० प्रतिशत राजस्व वृद्धि गर्ने लक्ष्य लिएको छ । तर यस नयाँ कार्यालयको स्थापनासँगै हाल संकलन भइरहेको राजस्वलाई शतप्रतिशत लक्ष्यसम्म पु¥याउन सकिनेमा विश्वस्त रहेको र त्यो पूरा हुने पनि मुख्यमन्त्री पाण्डेले बताए ।

    त्यस्तै राजस्व व्यवस्थापन कार्यालय स्थापना हुँदैमा नागरिकमाथि नयाँ कर थपिने वा विद्यमान करको दर बढाइने भन्ने धेरैको बुझाइ हुन् सक्ने बताउँदै त्यसो नहुने पनि उनले स्पष्ट पारे। प्रदेशको राजस्व संकलन प्रणालीलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने, करदाताको पहिचान गर्ने र राजस्व चुहावट नियन्त्रण गर्ने जिम्मेवारीसहित सरकारले आर्थिक मामिला मन्त्रालयअन्तर्गत कार्यालय स्थापना गरेको हो ।

    यस कार्यालयले करदाता सेवा, राजस्व संकलन सहजीकरण, कर परीक्षण, कर अनुसन्धान, चुहावट नियन्त्रण तथा राजस्व संकलन गर्ने निकायको अनुगमन गर्नेछ । राजस्व व्यवस्थापन कार्यालयमा १४ कर्मचारीको दरबन्दी कायम गरिएको छ ।

    कार्यालय प्रमुख ११औँ तहको रहनेछन् भने त्यसअन्तर्गत तीन वटा शाखा रहनेछन् । प्रशासन, अनुगमन तथा राजस्व व्यवस्थापन शाखामा उपसचिव, प्रशासनिक अधिकृत, लेखा सहायक, प्रशासन सहायक, सवारी चालक र कार्यालय सहयोगी रहनेछन् । गण्डकी प्रदेशको आन्तरिक राजस्वको ठुलो हिस्सा सवारीसाधन कर र घरजग्गा रजिस्ट्रेसन शुल्कबाट प्राप्त हुँदै आएको छ ।

    यसबाहेक कृषि आयकर, पर्यटन शुल्क, पदयात्रा शुल्क, मनोरञ्जन कर, विज्ञापन कर, नदीजन्य पदार्थ, सेवा शुल्क तथा विभिन्न प्रशासनिक आम्दानी प्रदेशका राजस्व स्रोत हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

    महिलाको हत्यामा संलग्न चार जना पक्राउ

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही

    आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

    रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव 

    शोकमा डुब्यो वालिङ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार…

    महिलाको हत्यामा संलग्न चार जना पक्राउ

    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै…

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६०८ जनालाई कारबाही

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे…

    २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते…

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑