सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भक्तपुर सबस्टेसनको ६६ केभी बसबारमा आकस्मिक समस्या आएपछि मर्मतसम्भार गर्नुपर्ने भएकाले भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज दिउँसो २ बजेदेखि १ घण्टा ३० मिनेटसम्म बनेपा र पाँचखाल सबस्टेसनबाट वितरण हुने ११ केभी फिडरहरूको विद्युत् सेवा अवरुद्ध हुनेछ ।
सबस्टेसनमा देखिएको समस्या समाधान गर्न मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा