• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ३०, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

      कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिदैँ

      यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

      मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

      एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी

      मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

      भूमि तथा वनसम्बन्धी अध्यादेश संसद्बाटै छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको धारणा

      सरकारमा सैद्धान्तिक विचलन देखियो, अध्यादेशबाट शासन चलाउने शैली गलत : कमला पन्त

      काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

      कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो : सभापति थापा

      प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री

      हिमालको काखमा धोभली, पर्यटकीय क्षेत्रको सम्भावनासँगै चुनौतीपूर्ण जनजीवन

      कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्य विजयी

    होमपेज /  कर्णाली

    कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २९, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २५ पटक पढिएको
  • सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा रहेका लेक, पाटन र खर्कको संरक्षण तथा दिगो व्यवस्थापनका लागि रणनीतिक योजना तयार गर्ने भएको छ। अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक वातावरण प्रभावित हुन थालेपछि प्रदेश सरकारले संरक्षणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन लागेको हो।

    कर्णाली प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काका अनुसार लेक, पाटन र खर्क संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ। रणनीतिक योजना निर्माण गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नुका साथै लेकाली क्षेत्रको संरक्षण र व्यवस्थापनका कार्यक्रम कार्यान्वयन गरिने उनले बताइन्।

    मन्त्रालयका सचिव अजितकुमार कर्णका अनुसार रणनीतिक योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। योजनाका विषयमा विभिन्न तहमा छलफलसमेत गरिएको छ। योजना तयार भएपछि जलवायु अनुकूलन र प्राकृतिक क्षेक्रको संरक्षणसम्बन्धी कार्यत्रमलाई व्यवस्थित रूपमा अघि बढाउने सरकारको तयारी छ।

    प्रस्तावित रणनीतिक योजनामा कर्णालीका पाँच हिमाली जिल्लाका साथै जाजरकोट र रुकुम पश्चिमका लेकाली क्षेत्रलाई समेत समेट्ने तयारी गरिएको छ। यसमार्फत लेक, पाटन र खर्कको दीर्घकालीन संरक्षण तथा दिगो उपयोग गर्ने लक्ष्य राखिएको छ।

    अव्यवस्थित पूर्वाधार र जलवायु परिवर्तनको दोहोरो चुनौती

    कर्णालीका हिमाली क्षेत्रमा जथाभावी सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा प्राकृतिक स्वरूप बिग्रने, वनस्पति नष्ट हुने र जलाधार क्षेत्र प्रभावित हुने जोखिम बढेको छ। त्यसमाथि जलवायु परिवर्तनका असरसमेत देखिन थालेपछि लेक, पाटन र खर्कको संरक्षण थप चुनौतीपूर्ण बनेको छ।

    यी क्षेत्र जैविक विविधता संरक्षण, पानीका स्रोतको दिगोपना र स्थानीय समुदायको जीविकोपार्जनका दृष्टिले महत्त्वपूर्ण छन्। पशुपालन, जडीबुटी सङ्कलन तथा अन्य परम्परागत गतिविधिका लागि समेत लेकाली क्षेत्र स्थानीय समुदायको आधार बनेका छन्। त्यसैले संरक्षणका नाममा योजना बनाउनु मात्रै पर्याप्त हुँदैन, स्थानीय आवश्यकता र परम्परागत अभ्यासलाई समेटेर कार्यान्वयन गर्नु पनि उत्तिकै आवश्यक छ।

    प्रदेश सरकारले संरक्षणलाई प्राथमिकता दिए पनि यसको प्रभावकारिता योजनाको कार्यान्वयनमा निर्भर हुनेछ। पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, संवेदनशील क्षेत्रको पहिचान गर्ने र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने विषय रणनीतिक योजनाका महत्त्वपूर्ण पक्ष बन्नुपर्ने देखिन्छ।

    पुरानै प्राथमिकता, कार्यान्वयनमा भने प्रश्न

    लेक, पाटन र खर्क संरक्षण कर्णाली प्रदेश सरकारका लागि नयाँ विषय होइन। सरकारले विगतका वर्षहरूमा पनि नीति तथा कार्यक्रम र बजेटमा यसलाई समेट्दै आएको थियो। तर, अपेक्षाअनुसार प्रभावकारी काम हुन नसकेपछि संरक्षणका लागि पुनः रणनीतिक योजना निर्माण अघि बढाइएको छ।

    गत वर्ष पनि रणनीतिक योजना निर्माणका लागि सातवटै जिल्लाका स्थानीय कृषकसँग छलफल गरिएको थियो। अहिले पुनः योजना निर्माणको प्रक्रिया अघि बढाइनुले संरक्षणको आवश्यकता सरकारले स्वीकार गरे पनि त्यसलाई निरन्तर र प्रभावकारी रूपमा कार्यान्वयन गर्न चुनौती रहेको देखाउँछ।

    विगतका योजनाले अपेक्षित परिणाम दिन नसक्नुका कारण पहिचान गरी नयाँ रणनीतिमा सुधार गर्नुपर्ने देखिन्छ। योजना तयार पारेर मात्रै संरक्षण सम्भव हुँदैन। पर्याप्त बजेट, स्पष्ट कार्ययोजना, जिम्मेवार निकायको जवाफदेहिता र नियमित अनुगमनबिना यस्ता कार्यक्रम कागजमै सीमित हुने जोखिम रहन्छ।

    वनमा आधारित उद्यमका लागि साढे आठ करोड

    लेक तथा पाटन संरक्षणसँगै प्रदेश सरकारले वनमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि अघि बढाएको छ। वन स्रोतको दिगो उपयोगमार्फत रोजगारी सिर्जना गर्ने र स्थानीय नागरिकको आयआर्जन बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

    ‘व्यवस्थित वन तथा जलाधार वातावरण’ को अवधारणाअन्तर्गत दिगो वन विकास र वनमा आधारित उद्यम प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा आठ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

    वनमा आधारित उद्यमशीलता कार्यक्रम यसअघि पनि सरकारको नीति तथा कार्यक्रममा समावेश हुँदै आएको थियो। तर, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयनको अभावमा अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन। यस पटक बजेटको व्यवस्था गरेर कार्यक्रमलाई अघि बढाउन खोजिएको छ।

    कर्णालीमा जडीबुटी, गैरकाष्ठ वन पैदावार तथा अन्य वन स्रोतको व्यावसायिक सम्भावना रहे पनि तिनको दिगो उपयोग, प्रशोधन, बजार पहुँच र मूल्य अभिवृद्धि चुनौतीका रूपमा छन्। स्थानीय स्तरमै उद्यम सञ्चालन गर्न सके रोजगारी सिर्जना हुनुका साथै वन स्रोतबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म पुर्‍याउन सकिन्छ। तर, वन स्रोतको उपयोग गर्दा वातावरणीय सन्तुलन र पुनरुत्पादन क्षमतालाई ध्यान दिन आवश्यक छ।

    संरक्षणको घोषणा होइन, परिणाममुखी कार्यान्वयन आवश्यक

    कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। हिमाली क्षेत्रको प्राकृतिक सन्तुलन कायम राख्न, वन तथा जलाधारको दिगो व्यवस्थापन गर्न र जलवायु परिवर्तनबाट उत्पन्न जोखिम घटाउन संरक्षणका कार्यक्रम आवश्यक देखिएका छन्।

    लेक, पाटन र खर्क संरक्षण तथा वनमा आधारित उद्यमशीलतालाई प्राथमिकता दिनु सकारात्मक भए पनि यी कार्यक्रमले वास्तविक उपलब्धि हासिल गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्नेछ। विशेष गरी विगतका योजनाबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको अनुभवलाई आधार बनाएर नयाँ रणनीतिमा स्पष्ट लक्ष्य, समयसीमा, बजेटको प्रभावकारी उपयोग र अनुगमनको व्यवस्था गर्न आवश्यक छ।

    त्यसैगरी, संरक्षणका कार्यक्रम स्थानीय समुदायको सहभागितामा सञ्चालन गर्नु, परम्परागत ज्ञानको उपयोग गर्नु र प्राकृतिक स्रोतमा निर्भर नागरिकको जीविकोपार्जनलाई समेत सम्बोधन गर्नु महत्त्वपूर्ण रहेको छ। संरक्षणका योजना बन्ने र बजेट विनियोजन हुने क्रम दोहोरिए पनि अपेक्षित परिणाम हासिल नहुने जोखिम रहने विज्ञहरूको तर्क छ।

    कर्णालीका लेक, पाटन र खर्क प्राकृतिक सम्पदा मात्र होइनन्, स्थानीय अर्थतन्त्र र जीविकोपार्जनका आधारसमेत हुन्। प्रदेश सरकारले अघि सारेको रणनीतिक योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके जलवायु परिवर्तनका असर न्यूनीकरण, जैविक विविधता संरक्षण र स्थानीय आयआर्जन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मधेश प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा

    एमाले सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त

    लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

    मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

    पारिश्रमिक नपाएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा

    भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

    कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली…

    यस वर्षको दशैँमा कस्तो रहला मौसम ?

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न…

    यात्रुलाई बासी खाना खुवाएर बिरामी परे होटल सञ्चालकसँगै…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑