• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दशैं बिदामा पनि विशेष अदालत खुला रहने

      फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

      एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

      गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

      ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

      बाढीसँगै बग्यो स्याउली बजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

      काङ्ग्रेसको मतगणना २३ ठाउँमा

      उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

      नेप्से बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ४६ करोडमा सीमित

      उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

      बालेन सरकारले एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलायो

      मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

      गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे

      नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

      कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर

    होमपेज /  समाचार

    गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २६, सोमबार (१२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगनकुमार थापालाई पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

    महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि र विधानको रक्षा तथा एकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्नु रहेको उल्लेख गरेका छन् । चार दशक लामो राजनीतिक यात्राका क्रममा सभापति पदमा उम्मेदवारी दिने निर्णय चुनौतीपूर्ण भए पनि त्यसले पार्टीभित्र प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यासको महत्त्व स्थापित गरेको उनको भनाइ छ ।

    उनले नेपाली कांग्रेसको इतिहासमा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुँदै आएको उल्लेख गर्दै निर्वाचनमा हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

    निर्वाचन परिणाम जे भए पनि पार्टीलाई बलियो बनाउने, विधि र विधानको रक्षा गर्ने तथा सभापतिका सकारात्मक कदममा आफूले साथ दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

    खड्गीले विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

    छुट्टै महाधिवेशनको बाटोमा रहेका नेताकार्यकर्तालाई समेत संवाद, सहमति र सम्मानका माध्यमबाट पार्टीको मूलधारमा समेट्नु नयाँ कार्यसमितिको प्रमुख दायित्व भएको उनले बताएका छन् ।

    स्थानीय तहको निर्वाचनअघि नै पार्टीभित्रको विभाजन अन्त्य गर्न सभापति थापालाई सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

    नवनिर्वाचित सभापति थापालाई सम्बोधन गर्दै खड्गीले उनलाई मत दिने र नदिने सबैलाई समान रूपमा समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

    फरक विचार राख्ने कसैले पनि पार्टीभित्र पराइ महसुस गर्न नहुने उल्लेख गर्दै उनले नेतृत्वको सफलता निर्वाचन जित्नुमा मात्र नभई फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुमा पनि निर्भर रहने बताएका छन् ।

    कांग्रेसलाई गुटबन्दी र भागबन्डाभन्दा माथि उठाउनुपर्ने धारणा राख्दै खड्गीले विचार समूह र स्वस्थ प्रतिस्पर्धालाई भने पार्टीभित्र सधैँ खुला राख्नुपर्ने बताएका छन् ।

    पार्टीलाई सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य बनाउन व्यक्ति र गुटभन्दा पार्टी तथा प्रतिस्पर्धाभन्दा एकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

    निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउने महाधिवेशन प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति खड्गीले आभार व्यक्त गरेका छन् ।

    निर्वाचनको परिणामले आफूहरूसँगको आत्मीय सम्बन्ध, विश्वास र सहकार्यमा कुनै असर नपर्ने उनले उल्लेख गरेका छन् ।

    विजयी सभापति थापालाई सफल कार्यकालको शुभकामना दिँदै खड्गीले व्यक्तिगत हारजितभन्दा पार्टीको एकता, पदभन्दा सम्बन्ध र स्वार्थभन्दा विचार ठूलो हुने बताएका छन् । उनले सबै नेताकार्यकर्तालाई नेपाली कांग्रेसको उज्ज्वल भविष्यका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

    काङ्ग्रेसको मतगणना २३ ठाउँमा

    उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

    नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

    कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर

    गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा…

    गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न,…

    गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    आर्थिक

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

    ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑