• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक

      सैन्य आधार तालिम सम्पन्न, २ हजार ९६८ जना दीक्षित

      दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड ५६ लाख क्षति

      दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड ५६ लाख क्षति

      मैथिलीमा अनुवादित सम्पूर्ण महाभारत पढ्न पूर्वउपराष्ट्रपति झाको आग्रह

      सैन्य आधार तालिम सम्पन्न, २ हजार ९६८ जना दीक्षित

      प्रधानमन्त्रीको सम्बोधनले विश्वमञ्चमा जलवायु न्यायको मुद्दा जोडदार रुपमा उठ्यो : अध्यक्ष कार्की 

      गुणस्तरीय औषधि उत्पादन र फार्मेसी सेवा विस्तारका लागि नीतिगत सुधार आवश्यक : अध्यक्ष भुसाल

      खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

      सहमति कार्यान्वयन नभए सिंहदरबारअगाडि पुनः आमरण अनशन बस्ने डिल्ली हरिजनको चेतावनी

      पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता

      तेलको मूल्य घट्यो

      महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा

      एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

      सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै राष्ट्राध्यक्षले गरे सम्बोधन

    होमपेज /  समाचार

    गुणस्तरीय औषधि उत्पादन र फार्मेसी सेवा विस्तारका लागि नीतिगत सुधार आवश्यक : अध्यक्ष भुसाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ९, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । नेपाल फार्मेसी संघका केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज भुसालले नेपालमा गुणस्तरीय फार्मेसी सेवा तथा औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्नुपर्ने बताएका छन् ।

    विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी संघले संघीय सांसदहरूसँग आयोजना गरेको नीतिगत छलफल कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भुसालले स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुकूल बनाउन नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको बताए ।

    उनले भने, ‘नेपालमा गुणस्तरीय फार्मेसी सेवा र औषधि उत्पादनलाई प्रभावकारी बनाउन विद्यमान ऐन, कानुन तथा नीतिनियममा आवश्यक सुधार गर्न जरुरी छ। स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुकूल बनाउन नीतिगत र कानुनी सुधारसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्छ ।’

    उनले कम्युनिटी फार्मेसी, अस्पताल फार्मेसी, औषधि उद्योग तथा शैक्षिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा फार्मासिस्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । नागरिकलाई गुणस्तरीय फार्मेसी सेवा उपलब्ध गराउन गुणस्तरीय शिक्षा र सेवासँगै फार्मेसी क्षेत्रलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    अध्यक्ष भुसालले विद्यमान ऐन, कानुन तथा नीतिनियममा रहेका समस्या पहिचान गरी तिनको समाधानका लागि सांसदहरूसँग नीतिगत छलफल गरिएको बताए ।

    कतिपय विद्यमान कानुन कार्यान्वयनमा समस्या रहेको र आगामी दिनमा बन्ने ऐन तथा कानुनमा समेत फार्मेसी क्षेत्रका वास्तविक समस्या सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।

    ‘नागरिक र देशसँग प्रत्यक्ष जोडिएका समस्यालाई सम्बोधन गरेर गुणस्तरीय शिक्षा, गुणस्तरीय औषधि र गुणस्तरीय फार्मेसी सेवाका लागि कानुनी, सैद्धान्तिक र वैज्ञानिक आधार तयार गर्न आवश्यक छ,’ भुसालले भने ।

    नेपालमा हाल ५० प्रतिशतभन्दा बढी औषधि स्वदेशी उद्योगले उत्पादन गरिरहेको उल्लेख गर्दै उनले नेपाली औषधि उद्योगले आयात प्रतिस्थापनसँगै रोजगारी सिर्जनामा समेत योगदान गरिरहेको बताए । नेपालका औषधि उद्योगले गुणस्तरीय औषधि उत्पादन गरिरहेको भन्दै उनले स्वदेशी उद्योगलाई थप प्रोत्साहन गर्न सरकारसँग आग्रह गरे ।

    पछिल्लो समय नेपालमा विशेष प्रकारका औषधिको उत्पादनसमेत सुरु हुन थालेको भन्दै भुसालले आन्तरिक बजारमा आवश्यक पर्ने थप औषधि स्वदेशमै उत्पादन गर्न सहज वातावरण निर्माण गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक

    सैन्य आधार तालिम सम्पन्न, २ हजार ९६८ जना दीक्षित

    दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड ५६ लाख क्षति

    प्रधानमन्त्रीको सम्बोधनले विश्वमञ्चमा जलवायु न्यायको मुद्दा जोडदार रुपमा उठ्यो : अध्यक्ष कार्की 

    खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

    सहमति कार्यान्वयन नभए सिंहदरबारअगाडि पुनः आमरण अनशन बस्ने डिल्ली हरिजनको चेतावनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक

    सैन्य आधार तालिम सम्पन्न, २ हजार ९६८ जना…

    दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड…

    दोभान बजारमा दोस्रो पटक आगलागी हुँदा १४ करोड…

    मैथिलीमा अनुवादित सम्पूर्ण महाभारत पढ्न पूर्वउपराष्ट्रपति झाको आग्रह

    कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार…

    थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

    बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

    आर्थिक

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑