• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

      सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै राष्ट्राध्यक्षले गरे सम्बोधन

      कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसेकेण्ड, सतर्कता अपनाउन आग्रह

      एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

      नेपाली क्रिकेट टोलीको विजयी सुरुआत, शनिबार जापानसँग खेल्ने

      बालेनको यूएन सम्बोधनलाई जेनजी नेताले दिए समर्थन, ‘अब बल्ल काम सुरु भयो’

      थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

      ‘विश्वमा हतियार ७२ घण्टामा पुग्छ, किसानले मल पाउँदैन’ : यूएनमा प्रधानमन्त्री बालेन

      मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा

      गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

      देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

      एमालेमा वदलीएको राजनीति : विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

      काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

      खराब मौसमका कारण उडान प्रभावित

      पहिरोका कारण बीपी राजमार्ग बन्द

    होमपेज /  अन्य

    ‘विश्वमा हतियार ७२ घण्टामा पुग्छ, किसानले मल पाउँदैन’ : यूएनमा प्रधानमन्त्री बालेन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ९, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६ पटक पढिएको
  • काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु नहुने बताएका छन्।

    संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “अन्तर महादेशीय क्षेप्यास्त्र समयमै पुग्छन्। राइफल र गोलीगठ्ठा सबै अवरोध तोड्दै समयमै सीमा पार गर्छन्। तर नेपालका एक किसानले आवश्यकता परेको समयमा बजार मूल्यमा मल वा इन्धन खरिद गर्न सक्नु हुन्न।”

    प्रधानमन्त्री शाहले जहाँ युद्धका लागि आवश्यक सामान आपूर्ति गर्न सजिलो छ, तर खाद्यान्नका लागि निकै कठिन रहेको बताए। “यो नेपालको मात्रै दुर्भाग्य होइन। बङ्गलादेशलाई सोध्नुहोस्। भुटानलाई सोध्नुहोस्। भारतलाई सोध्नुहोस्। माल्दिभ्सलाई सोध्नुहोस्। पाकिस्तानलाई सोध्नुहोस्। श्रीलङ्कालाई सोध्नुहोस्”, उनले भने, “हाम्रो क्षेत्रका अन्य कुनै पनि देशलाई सोध्नुहोस्। तपाईंले उस्तै जवाफ पाउनु हुनेछ।”

    प्रधानमन्त्री शाहले साना र गरिब देशको उपस्थिति महसुस गर्ने तथा न्यायपूर्ण परिणामका लागि सँगै काम गर्ने संयुक्त राष्ट्रसंघ आवश्यक रहेकामा जोड दिए। उनले भने, “त्यसैले जलवायु न्याय पैसाको विषय मात्रै होइन। यो खर्च कसले बेहोर्छ भन्ने वितरणात्मक न्यायको विषय हो। यो कसको आवाज सुनिन्छ भन्ने प्रक्रियागत न्यायको विषय हो। साथै पर्वतीय समुदाय, साना टापु राष्ट्र, भू–परिवेष्ठित तथा कम विकसित देश र जन्मिन बाँकी पुस्ताको भविष्यलाई समान रूपमा महत्व दिइन्छ कि दिइँदैन भन्ने विषय पनि हो।”

    ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले हाम्रा देशका नागरिकहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्नेमा जोड दिए।

    प्रधानमन्त्री शाहले भने, “हिन्दूकुश हिमालय करिब दुई अर्ब नागरिकको घर हो। यी पर्वतहरूले नेपालभन्दा धेरै परसम्म रहेका जनसंख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन प्रदान गर्छन्। हिमालय पृथ्वीको छेउमा रहेको भूभाग मात्रै होइन, यो पृथ्वीको जीवन–सहयोग प्रणालीको महत्वपूर्ण हिस्सा पनि हो।”

    गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले अझै कयौं परिवार घर नफर्कने आफ्ना प्रियजनलाई पर्खिरहेका र कयौं समुदाय लेदो, ढुङ्गा–माटो, पानीभित्र आफ्ना मानिसको खोजी गरिरहेका उल्लेख गरे।

    “जसको शरीर अब कहिल्यै नभेटिन सक्छ”, उनले भने, “ती पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका माध्यम निमेषभरमै बगेर गए। एउटा देशबारे जसले दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर प्रगति गरिरहेको थियो त्यसमा अवरोध पुगेको छ।”

    तातिँदै गरेको जलवायुले नाजुक हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएको बताउँदै प्रधानमन्त्री शाहले हिउँले जमेको माटो पग्लिँदा हिमालको भिरालो भू–भागमा चिरा परेका र हिमचट्टानसहितको पहिरो, बाढीलगायत शृङ्खलाबद्ध जोखिम बढिरहेका उल्लेख गरे।

    परिणामस्वरुप यस विनाशले नेपाल–चीन सीमाका दुवैतर्फको भू–भागमा ठूलो क्षति पुर्‍याएको र बाढी निरन्तर भारततिर बग्दै गएको उनले उल्लेख गरे। “यसले हामीलाई एउटा आधारभूत कुरा बताउँछ। जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढी ‘पासपोर्ट’ मा ‘भिसा’ लगाएर यात्रा गर्दैनन्”, प्रधानमन्त्री शाहले भने।

    नेपालले अहिले पुनःस्थापना र पुनर्निर्माणको विशाल कार्यको सामना गरेको बताउँदै उनले बाढीबाट कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको पुष्टि भइसकेको र छ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेका जानकारी गराए। “हाम्रो द्रुत क्षति आकलनअनुसार अब भौतिक पुनःस्थापनाका लागि नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को १० प्रतिशत आवश्यक देखिन्छ”, उनले भने।

    प्रधानमन्त्री शाहले सन् २०१५ मा नेपालमा गएको ‘गोरखा भूकम्प’ पछिको पुनर्निर्माणमा जस्तै यस पटक पनि आफूहरुले ऐक्यबद्धतासहित सबैको सहयोगको अपेक्षा गरेको बताए। “तर, यो विपद् नेपाल बाहेकका लागि पनि किन अर्थपूर्ण छ भन्ने हामीले बुझ्नु पर्छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम छ,” उनले भने, “यो संकट हामीले सिर्जना गरेका होइनौं। तर, यसको ठूलो मूल्य हामीले चुकाइरहेका छौं। हाम्रा हिमनदी खुम्चिँदै गएका छन्। हाम्रा हिमालका भिराला भू–भाग अस्थिर बन्दै गएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बालेनको यूएन सम्बोधनलाई जेनजी नेताले दिए समर्थन, ‘अब बल्ल काम सुरु भयो’

    गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

    कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ उपत्यकामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

    पूर्व राष्ट्रपति भण्डारी बनिन् एमाले पार्टीको वरिष्ठ नेता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि…

    सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै…

    कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार…

    एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

    कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार…

    थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

    बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    आर्थिक

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑