• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क रहन आग्रह

      प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

      पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ : मन्त्री गौतम

      एमाले सचिवालय बैठक : केन्द्रीय र स्थायी समितिमा मनोनयनबारे छलफल

      विमानस्थलमा फेरी फेला पर्यो आधा किलो सुन

      हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

      तलेजु भवानी मन्दिरमा कुमारी पूजा, बालिकाहरूको उल्लेख्य सहभागिता

      सीएनएनसहित तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश दिन अदालतको आदेश

      काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको अन्त्येष्टि हुँदै

      सीलाई विमानस्थलमै भव्य स्वागत गर्दै ट्रम्पले भने– ‘प्रतिस्पर्धी होइन, साझेदार बनौँ’

      जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

      राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

      डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

      पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

      पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

    होमपेज /  मुख्य समाचार

    पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ : मन्त्री गौतम

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ८, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेन्सन तथा सेवा सुविधासम्बन्धी व्यवस्थामा देखिएको दोहोरोपन हटाउन मूल ऐनमै व्यापक संशोधन गर्नुपर्ने बताएकी छन् ।

    बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले हाल संशोधनका लागि खुलेका दफाको सीमाभित्र रहेर मात्रै विधेयकमा संशोधन गर्न सकिने बताएकी हुन् ।

    समितिमा सदस्यहरूले उठाएका विषयहरू सान्दर्भिक भएपनि तीमध्ये कतिपय विषय मूल ऐनमै संशोधन गर्नुपर्ने प्रकृतिका रहेको उनले बताइन् ।

    ‘संशोधन प्रस्ताव गरिसकेपछि एउटा सीमाभित्र बस्नैपर्ने हुन्छ । जुन संशोधनको लागि दफा खुलेको छ त्यही दफामा रहेर काम गर्न सक्छौँ । मनसाय वा आशयको हिसाबले राखिएका विषयवस्तुहरू उपयुक्त नै छन’ उनले भनिन्, ‘विधेयकमा जम्मा दुईवटा दफा खुलेर आएको र दुईवटा दफाको सीमाभित्र रहेर मात्रै संशोधन गर्न सकिने भएको कारणले अहिलेको लागि यहाँ आएको विषयवस्तुप्रति सदस्यहरुले शतप्रतिशत समर्थन नै छ ।’

    उनले अहिलेको विधेयकमा दुईवटा दफा मात्रै संशोधनका लागि खुला रहेकाले सोही सीमाभित्र रहेर काम गर्नुपर्ने बाध्यता रहेको बताइन् । सदस्यहरूले उठाएका सैद्धान्तिक विषयहरूलाई भने टिपोट गरी आगामी दिनमा मूल ऐन व्यापक रूपमा संशोधन गर्दा समेट्न सकिने उनले बताइन् ।

    मन्त्री गौतमले सर्वोच्च अदालतको फैसला आएपछि तत्काल दोहोरो सेवा–सुविधाको अवस्था स्पष्ट गर्न विधेयक संशोधन अघि बढाइएको बताइन् । जनताले तिरेको करबाट दिइने सेवा–सुविधाको उचित र दोहोरो नहुनेगरी प्रयोग सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।

    बैठकमा पेन्सनको सेवा अवधिसम्बन्धी व्यवस्थामाथि पनि छलफल भएको थियो। मन्त्री गौतमले कुनै व्यक्तिले ३० वर्ष सेवा गरेपछि पेन्सन प्राप्त गरेको अवस्थामा त्यसपछि संवैधानिक निकायमा नियुक्त भई काम गर्दा तलब पाउने तर सो अवधिमा पेन्सन नपाउने व्यवस्था रहेको बताइन् ।

    उनले तलब र पेन्सन एकैपटक नलिने विषय स्पष्ट भए पनि पछिल्लो नियुक्तिको अवधि पेन्सनमा जोड्ने विषयमा सैद्धान्तिक प्रश्न उठेको बताइन् । यो विषय सम्बोधन गर्न हालको संशोधन प्रस्ताव पर्याप्त नभएको उनले बताइन् ।

    मन्त्री गौतमले निवृत्तिभरण तथा उपदानसम्बन्धी व्यवस्था रहेको दफा १८ मै व्यापक सुधार आवश्यक देखिएको बताइन् ।

    उनका अनुसार हालको संशोधन प्रस्ताव दफा १८ को उपदफा थप गर्ने सीमित विषयमा केन्द्रित भएकाले सोही दफाभन्दा बाहिर गएर व्यापक संशोधन गर्न प्राविधिक कठिनाइ छ ।

    उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समितिमा उठेका विषयहरू टिपोट गरी मूल ऐन संशोधनको प्रक्रिया अघि बढाउन आग्रहसमेत गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता

    भारी वर्षाको सम्भावना : बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

    नेपाल-फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

    भोटेकोशी विपद्पछि पुन: स्थापना र पुनर्निर्माणका लागि जी-७ को सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क…

    प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले…

    पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ…

    एमाले सचिवालय बैठक : केन्द्रीय र स्थायी समितिमा…

    पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ…

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ :…

    परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता

    आर्थिक

    धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

    ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑