• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एलिना चौहानको रमणी’ सञ्चालनमा आएको २–३ दिनमै घर खाली गर्न निर्देशन

      कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको अन्त्येष्टि

      मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

      सनातन धर्म संरक्षण गर्न कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै

      विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

      विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

      अमेरिका पुगेर पनि प्रधानमन्त्री बालेनलाई देशबासीको चिन्ता, उच्च सतर्कता अपनाउन आग्रह

      भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने : मन्त्री वाग्ले

      काँग्रेस नेतालाई डेढ करोड बुझाएको बालिकाको बयान

      यातायात व्यवसायीको आग्रह : बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्नू

      विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा पदभार ग्रहण

      मन्त्री लम्सालले गरे फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

      मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

      राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता

      जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन : उर्जामन्त्री श्रेष्ठ

    होमपेज /  समाचार

    सनातन धर्म संरक्षण गर्न कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ७, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९ पटक पढिएको
  • जनकपुरधाम । वैदिक सनातन धर्म, संस्कृति र नेपालको प्राचीन तीर्थपरम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्षको ‘श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा’ आगामी कोजाग्रत पूर्णिमादेखि सुरु हुने भएको छ ।

    मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्संकल्प अनुसार यो यात्रा प्रत्येक वर्ष दुई चरणमा आयोजना गरिँदै आएको छ ।

    रामनवमीका अवसरमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम (नवलपरासी) देखि श्रीमुक्तिनाथ भगवान्को सन्निधिसम्म र कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी एकादशीसम्म देशव्यापी रूपमा मेची देखि महाकालीसम्म रथयात्रा हुनेछ ।
    श्रीमुक्तिनाथमा आयोजना हुने ६ महिने (षाड्मासिक) श्रीमुक्तिनाथ महोत्सव तथा महायज्ञ सम्पन्न भएलगत्तै कोजाग्रत पूर्णिमाका दिन औपचारिक रूपमा रथयात्राको शुभारम्भ गरिने आयोजकले जनाएको छ । देशका विभिन्न तीर्थस्थल र धार्मिक क्षेत्रमा विविध अनुष्ठानका साथ सञ्चालन हुने यो यात्रा हरिबोधिनी (ठूली) एकादशीका दिन विधिवत रूपमा समापन हुनेछ ।

    रथयात्रामा सहभागी हुन निमन्त्रणा दिने क्रममा जनकपुरधाम पुगेका रथयात्रा व्यवस्थापन समितीका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले पत्रकार भेटघाट गर्दै मुक्तिनाथ धार्मिक तीर्थस्थल मात्र नभई नेपालको आध्यात्मिक, सांस्कृतिक र प्राकृतिक पहिचानसँग जोडिएको अतुलनीय धरोहर भएको बताए ।

    ‘रथयात्रा एउटा धार्मिक अनुष्ठान मात्र नभएर नेपालको मौलिक सांस्कृतिक सम्पदालाई जोड्ने राष्ट्रिय अभियान पनि हो । मुक्तिनाथ, शालग्राम र कालीगण्डकीसँग जोडिएको हाम्रो हजारौँ वर्ष पुरानो आध्यात्मिक विरासतलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु यसको मुख्य ध्येय हो’, प्रवक्ता प्रपन्नाचार्यले भने ।

    उनका अनुसार मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देश विदेशसम्म पुर्याउँदै जनस्तरमा सनातन धार्मिक चेतना, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नु यस यात्राको मूल उद्देश्य हो ।

    आयोजकका अनुसार श्रीमुक्तिनाथ महोत्सवको सुरुआत विसं २०५४ देखि भएको हो । हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानिने मुक्तिनाथ क्षेत्र हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र विशिष्ट तीर्थपरम्पराको संगम हो । विशेष गरी कालीगण्डकी क्षेत्रमा पाइने शालग्रामको वैष्णव परम्परामा उच्च महत्व छ । यही ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिलाई आम नागरिकसम्म पुर्याउन महोत्सव र रथयात्रालाई निरन्तरता दिइएको हो ।

    यस यात्रालाई कर्मकाण्डमा मात्र सीमित नराखी समाजमा नैतिक जीवनपद्धति, सदाचार, दया, करुणा र कर्तव्यबोध जागृत गराउने माध्यमका रूपमा अघि बढाइएको छ ।

    यसका साथै, मुक्तिनाथ र शालग्राम परम्पराको प्रचार प्रसारले राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक पर्यटकको आगमन बढ्ने र यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।

    मेचीदेखि महाकालीसम्मका मठमन्दिर, धार्मिक संस्था र स्थानीय समुदायलाई जोड्ने गरी तयारीका साथ देशभरका हरेक जिल्लामा आयोजक समिती गठन गरिँदैछ । अहिलेसम्म ५० भन्दा बढि जिल्लामा आयोजक समिती गठन भईसकेको आयोजकले जनाएको छ ।

    आयोजक समितिले सम्पूर्ण सनातन धर्मावलम्बी, साधुसन्त, धार्मिक संघसंस्था तथा सर्वसाधारणलाई यस भव्य रथयात्रामा सहभागी भई राष्ट्रिय एकता र आध्यात्मिक जागरणको अभियानलाई सफल बनाउन आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एलिना चौहानको रमणी’ सञ्चालनमा आएको २–३ दिनमै घर खाली गर्न निर्देशन

    विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

    विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा पदभार ग्रहण

    मन्त्री लम्सालले गरे फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

    मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

    राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एलिना चौहानको रमणी’ सञ्चालनमा आएको २–३ दिनमै घर…

    कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको…

    मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

    सनातन धर्म संरक्षण गर्न कोजाग्रत पूर्णिमादेखि मेची महाकाली…

    कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको…

    भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक…

    राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच…

    विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए

    आर्थिक

    धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

    ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑